अनलाईनमा सुन्दर देखेर ४ हजारमा एक महिलाले लुगा अर्डर गरिन्, घर ल्याइदियो मेक्सी

काठमाडौ । महामारीका कारण अहिले धेरै मानिसहरु अनलाईनवाट किनमेल गर्छौ । यसैको फाइदा उठाउँदै केही अनलाईन ब्यापार गर्नेहरुले उपभोक्तालाई ठगी गर्ने गरेका उदाहरण छन् । एक जना महिलाले अनलाईनमा निकै राम्रो देखेर लुगा मगाएकी थिइन् । तर उनलाई मेक्सी जस्तो लुगा हातमा पर्यो ।

त्यो तस्बिर उनले सामाजिक सञ्जालमा पोष्ट गरिन् । अहिले उनको त्यो तस्बिर भाइरल भइरहेको छ । खासमा ति महिलाले अत्यन्त सुन्दर देखिएको एक ड्रेस अनलाइनबाट ३२ दशमलव ३९ डलर किनिन् । करीब ४ हजार नेपालीमा उनले लुगा किनेकी थिइन् । तस्बिरमा निकै राम्रो लागेको त्यो लुगा लगाएर उनले आफु पनि त्यस्तै सुन्दर देखिने अनुमान गरेकी थिइन् । तर जब लुगा उनको हातमा आइपुग्यो उनी झसंग भइन् ।

मिरर डटकममा प्रकाशित समाचार अनुसार अनलाइनमा सुन्दर देखिएको ड्रेस किनेकी ति महिलाले जब यसलाई पहिरीन् त्यो कुनै म्याक्सि जस्तै खुकुलो पहिरन रहेको थाहा पाइन् । त्यतिमात्र होइन सो कपडामा अनलाइनमा देखाएजस्तो कम्मरमा बा ध्ने डो री समेत थिएन भने फि टि ङ पनि थिएन ।

यसरी अनलाइन सपिङमा आफु ठगिएपछि उनले यसलाई दुबै तस्बिरको साथ सामाजिक सञ्जालमा पोष्ट गरीन् । उनको यहि पोष्ट सामाजिक सञ्जालका प्रयोगकर्ताहरुबीच भाइरल बन्यो ।

प्रतिक्रिया दिनुहोस