यस दिशामा नराख्नुहोस् कुचो, निम्त्याउन सक्छ घरमा बर्बादी

पूर्वीय शास्त्रहरूमा मनुष्यको जीवनमा दुई कुराले प्रत्यक्ष प्रभाव पार्ने उल्लेख छ : भाग्य र वास्तु । तपाईंको भाग्य ठीक छ तर वास्तु गडबड छ भने प्रयास गरेकोभन्दा आधी फल मात्र पाइन्छ। ईशान कोण र नैऋत्य कोणलाई ठीक राख्दा हाम्रो वास्तु ठीक हुन्छ। ईशान भन्नाले उत्तरपूर्वी कोण हो । यस कोणमा अपवित्र वस्तुहरू अनि फोहोरहरू नराख्नुहोला। भारी वस्तु जस्तै फलाम आदि पनि नराख्नुहोला । यस दिशामा बिर्सेर पनि शौचालय नबनाउनुस्।

यसो गर्नुभयो भने घरमा कलह, सन्तान अपांग हुने अनि वंश वृद्धिमा समस्या, दुष्चरित्रता र दीर्घरोगको समस्या हुन्छ। दरिद्रताले घरलाई छोप्छ । यो कुनामा प्वाल, भग्नावशेष र भान्साघर पनि बनाउनु ठीक हुन्न ।

पत्याउनु हुन्न भने ईशान कोणमा कुचो राखेर हेर्नुस् त । बेलुकासम्ममा तपाईंको कसै न कसैसँग झगडा हुन्छ। यो कुनामा मन्दिर बनाउनुस् र भगवानलाई स्थापित गर्नुस् । घरमा चाहे प्राकृतिक वर्षाको वा कृत्रिम जलको प्रवाह होस्, सधैं उत्तरपूर्वी कोणमा राख्नुस् । यो कोण यथासम्भव खाली, स्वच्छ र सफा हुनुपर्छ । घरको प्रत्येक कोठामा ईशान कोण खाली राख्नुस्।

ईशान कोणमा इनार ना नहर भयो भने त्यहाँको जमीन हराभरा हुन्छ । विद्यालय छ भने बच्चाहरू सफल हुन्छन्, अस्पताल छ भने बिरामी छिटो ठीक हुन्छन्, व्यापारी धनी र सम्पन्न हुन्छन् । होटेल होस् वा बहुतल्ले भवन, फ्याक्ट्री होस् वा व्यापारिक कम्प्लेक्स ईशान कोणको रक्षा गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस