डाक्टरले नै अब धेरै बाच्दैनन् भनेपछि बिरामीले ‘अब म बाँचेर काम छैन घाट लैजान’ भन्न थालेपछी…….

पोखराको जिएमसी अस्पतालमा उपचारार्थ एक युवकलाई चिकित्सकले उनको अब धेरै दिन बाँकी नरहेको भन्ने जवाफ दिएपछि उनका आफन्त आ क्रो शित भएका छन् । पोखराकै ३६ वर्षीय थमन थापालाई अस्पतालले गण्डकी अस्पतालमा रेफर गरिदियो । उनलाई उपचारमा संलग्न चिकित्सकले युवकको फोक्सो विग्रिएको छ, धेरै दिन बाँच्दैनन् भनेको भन्दै आफन्त रिसाएका हुन् ।

अस्पतालका डाक्टरले नै विरामीलाई अब सिकिस्त छन् भनेर भनिदिएपछि थप समस्या आएको भन्दै विरामीको दिदीले बताइन् । दिदीले भनिन्, विरामीलाई देख्ने गरी फोक्सोको एक्सरे देखाउँदै यसले काम गरेको छैन । फोक्सोको मात्रा सबै खराब छ जतिवेला पनि जे पनि हुनसक्छ विरामीले सुन्नेगरी यस्तो भनेपछि विरामी थप आत्तिए । उनले आफुलाई एउटा औषधी छ तर त्यो निकै महंगो छ भनेर भनेको पनि दिदीले बताइन् ।

डाक्टरको यस्तो कुरा विरामीले सुनेपछि बिरामी थप हतोत्साही भएको उनीहरुको भनाई छ । हामीलाई भनेको भए राम्रो हुन्थ्यो तर सिरियस विरामीको अगाडी, उनीहरुले सुन्ने र देख्ने गरेर अवस्थाको बारेमा भन्न नहुने उनीहरुको भनाई छ । गण्डकीमा निकै आत्तिएर यो अस्पतालमा ल्याएका थियौं । गण्डकीमा ६५ प्रतिशत मात्र अक्सिजन थियो तर यहाँ ल्याए पछि ९५ प्रतिशत अक्सिजन लेवल देखिएको थियो । राम्रो हुँदै गएको थियो तर डाक्टरले नेगेटिभ काउन्सिलिगं गरे पछि बिरामीले अब मलाई घाटमा लैजाउ भन्न थालेको आफन्तको भनाई छ ।

अहिले हामीलाई नजिक पर्ने दिनुहुन्न बिरामीले, अब म बाँचेर काम छैन घाट लैजान भन्नुहुन्छ, राम्रो हुँदै गएको बिरामीको अहिले मनस्थिती बिग्रिएको छ विरामीको आफन्तले भने ।-इताजा ख़बरबाट

प्रतिक्रिया दिनुहोस