भारतमा स्टार्टअप कम्पनीहरुमा लगानी बढ्दो

नयाँ दिल्ली । भारतमा नयाँ व्यावसाय तथा कम्पनीहरुमा १२ अर्ब अमेरिकी डलर भन्दा धेरै लगानी भित्रिएको छ ।यो बर्षको पहिलो छ महिना गत जुन सम्म भारतमा नयाँ व्यावसाय तथा कम्पनीहरुमा १२ दशमलब १ अर्ब अमेरिकी डलर बरारको लगानी भित्रिएको छ ।

विभिन्न निजी लगानी कम्पनीहरुले नयाँ व्याबसायहरुमा लगानी संकलन गरेको हो । कोभिड १९ माहामारी यता डिजिटल प्रविधि प्राणाली अपनाएका नयाँ व्यावसायहरुमा लगानी आकर्षित भइरहेको निजी लगानी कम्पनीहरुको भनाई छ ।

यो बर्षको पहिलो छ महिनामा मात्रै ३८२ वटा लगानी सम्झौता भए अनुसार १२ दशमलब १ अर्ब अमेरिकी डलर बराबरको लगानी भएका छन् । गत बर्ष ७६४ वटा लगानी सम्झौता भएको र जम्मा ११ दशमलब १ अर्ब अमेरिकी डलबर बराबरको लागनी भएको थियो । कोरोना माहामारीको संकटमा पनि भारतमा नयाँ व्यावसाय तथा कम्पनीहरुमा लागनी बढीरहेको छ । स्रोत द इकोनोमिक टाईम्स

प्रतिक्रिया दिनुहोस