सोमबार घट्यो सुनचाँदीको मूल्य, तोलामा कति ? (मूल्यसहित)

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७०० मा कारोबार भएको थियो । आज तोलामा सय रुपैयाँ घटेको हो ।

यस्तै आइतबार ९० हजार २ सयमा कारोबार भएको तेजाबी सुन आज सय रुपैयाँले घटेर ९० हजार एक सय कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार ५ रूपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएकाे थियाे ।

मधुमेहका रोगीले पाकेको आँप खान हुन्छ ?
एजेन्सी । गर्मी मौसम पाकेको आँपको मौसम हो । यो मौसममा स्वादिष्ट आँप खान धेरैलाई मन पर्छ । आँपमा कयौँ प्रकारका पोषक तत्वहरु पाइन्छन् । आँपमा प्राकृतिक मिठास हुन्छ । सबै प्रकारका व्यक्तिले आँप मन पराउँछन् । पाकेको आँपको स्वाद गुलियो हुन्छ । त्यसैले पाकेको आँप मधुमेहका रोगीले खान हुन्छ कि हुँदैन । आँपमा भिटामिन र मिनरल्स हुन्छ । यो रगतमा सुगर सन्तुलनमा राख्न मद्दत गर्छ । एउटा काटेको आँपमा ९९ प्रतिशत क्यालोरी, १.४ ग्राम प्रोटिन, २५ ग्राम कार्बन, २२‍.५ ग्राम चिनी, २.६ ग्राम फाइबर, ६७ प्रतिशत भिटामिन सी, १८ प्रतिशत फोलेट, १० प्रतिशत भिटामिन ए र १० प्रतिशत भिटामिन इ जस्ता तत्वहरु पाइन्छन् ।

यसका साथै आँपमा केही मात्रामा क्याल्शियम, आइरन र म्याग्नेशियम पनि हुन्छ । आँपमा ९० प्रतिशत क्यालोरी यसको गुलियोपनबाट आउँछ । यसकारण मधुमेहका रोगीको रगतमा चिनीको मात्रा बढाउने गर्छ । यसका साथै, फाइबर र अन्य प्रकारका एन्टिअक्सिडेन्ट पनि भएकाले रगतमा चिनीको मात्रा बढ्ने र असर कम हुन्छ । आँपमा पाइने फाइबरले रगतमा चिनीको मात्रा सोस्ने काम गर्छ । साथै, यसमा हुने एन्टिअक्सिडेन्टले रगतमा चिनीको मात्रा कम गर्छ । यसले शरीरभित्र काब्र्स बनाउने र रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने गर्छ ।

कुनै पनि खानेकुराले ग्लाइसेमिक इन्डेक्स र्यान्कको माध्यमबाट रगतमा असर पुर्याउँछ । यसलाई ० देखि १०० को स्केलमा नापिन्छ । ५५ भन्दा कम र्यान्कको खानेकुरालाई कम चिनीवाला खानेकुरा मानिन्छ । त्यसैले आँप मधुमेहका रोगीका लागि उपयुक्त मानिन्छ । यद्यपि, हरेक फलको आ–आफ्नै गुण हुन्छ । त्यसैले कति मात्रामा खाने भनेर चिकित्सकसँग सल्लाह लिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस