काखीमुनि र आँखाको कालो हटाउने यस्ता छन् घरेलु उपाय

एजेन्सी । शरीरमा पोषक तत्वको कमी, रातको समयमा अनिधो बसेर लामो समय काम गर्ने बानी, कमजोर, तनाव तथा हर्मोनजन्य गडबडीका कारण आँखाको तलपट्ट कालो घेरा अर्थात् डार्क सर्कल देखा पर्दछ । यसले अनुहारको सुन्दरतामा ठूलो असर पुर्याउँछ । त्यसैले डार्क सर्कल धेरैको चिन्ताको विषय बन्दछ । तर चिन्ता गर्नुपर्दैन केही घरेलु उपायद्वारा नै छोटो समयमा डार्क सर्कल हटाउन सकिन्छ ।

के कारणले हुन्छ आँखामा डार्क सर्कल ?

आइरनको कमी : शरीरमा आइरनको कमी भयो भने आँखामुनि कालो घेरा देखिन्छ। आइरनको कमीका कारण छालाका कोशिकाले पर्याप्त अक्सिजन पाउँदैनन् । एनिमियापीडित र आइरनको अत्यधिक कमी भएका महिलाका आँखा वरिपरिको छाला मृतप्रायः देखिन्छ । आइरनका लागि पालंगो, दाल, गेडागुडीलगायत खानुपर्छ ।

भिटामिन सी को कमी : आँखामुनि कालो घेरा देखिनुको एक कारण भिटामिन सी को कमी पनि हो । भिटामिन …सी ले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । यसका लागि कागती, सुन्तलालगायत खान सकिन्छ ।

भिटामिन ए को कमी : भिटामिन ‘ए’ ले छालामा एन्टी अक्सिडेन्टको काम गर्छ । छाला चाउरिनबाट जोगाउँछ । आँखामुनि देखापर्ने कालो घेराबाट राहत दिन्छ । गाँजर, ब्रोकाउली, पेस्ता, आँप आदि भिटामिन ‘ए’ का स्रोत हुन् ।

भिटामिन के को कमी : छालाका सुरक्षाका लागि भिटामिन ‘के’ को कमी हुन दिनु हुँदैन । यस भिटामिनको काम आँखामुनि कालो घेरा पर्न नदिनु हो । शरीरमा भिटामिन ‘के’ कम भयो भने आँखा वरिपरिको छाला निस्तेज देखिन्छ ।  यो भिटामिनका लागि खानामा हरियो सागपात, काउली, ब्रोकाउली, बन्दा, माछालगायत खानेकुरा खानुपर्छ । आँखामा पर्ने डार्क सर्कलका लागि भिटामिन ‘ई’ को कमी पनि जिम्मेवार छ । यस भिटामिनको कमीले छाला निष्प्राण देखिन्छ । छालालाई स्वस्थ र चम्किलो राख्न बदाम, एभोकाडो, किवी, जैतुन तेल, ट्राउट माछा खानुपर्छ ।

डार्क सर्कल हटाउने उपाय यस्ता छन् :

– एउटा काँचो आलु लिनुहोस् र त्यसको जुस बनाउनुहोस् । उक्त रसलाई कपासको सहयोगले आँखामुनिको कालो घेरा अर्थात् डार्क सर्कल क्षेत्रमा लगाउनुहोस् । १०(१५ मिनेटसम्म मज्जाले सुक्न दिनुहोस् र मनतातो पानीले मुख धुनुहोस् । दिनमा दुइपटक यस्तो गर्नाले १० दिनमै तपाइँको डार्क सर्कल कम हुन्छ ।

– एक चम्चा कागतीको रस र एक चम्चा गोलभेँडाको रस मिलाएर कालो घेरामा लगाउनुहोस् र १० मिनेटपछि धुनुहोस् । लगातार केही दिनसम्म दिनहुँ यहीँ प्रक्रिया दोहोराउनुहोस् ।
दिनमा दुइपटक १ चम्चा कागतीको रस डार्क सर्कलमा मज्जाले लगाउने र १० मिनेटपछि धुने ।

– दुईवटा टि ब्यागलाई आधा घण्टा फ्रिजमा राख्नुहोस् र चिस्याउनुहोस् । त्यसपछि निकालेर ती टिब्यागलाई डार्क सर्कलमा १० मिनेटसम्म राख्नुहोस् । त्यसपछि पानीले अनुहार धुनुहोस् ।

– आँखाको तल डार्क सर्कल भएको ठाउँमा नरिवलको तेलले मज्जाले मालिस गर्नुहोस् । ५ मिनेटपछि अनुहार धुनुहोस् । दिनमा ३ पटक यसो गर्नाले १० दिनमा तपाईँको डार्क सर्कल कम हुनेछ ।

पालुंगोको जुस : हरियो पात भएको साग र तरकारी आँखाका लागि लाभदायक हुन्छ । हरियो तरकारीको सुप पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनदिनै एक गिलास पालुंगोको जुस पिउँदा भरपूर मात्रामा भिटामिन ए प्राप्त हुन्छ ।

गाजरको जुस : आँखाले धमिलो देख्न थाल्यो भने दिनदिनै गाजरको जुस पिउनुस् । एक गिलास गाजरको जुसमा एउटा गोलभेंडाको रस मिसाएर पिउँदा धेरै लाभ प्राप्त हुन्छ । बिहानबिहानै यो मिक्स जुस पिउन थाल्नुस् ।

हरियो सागपात : आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।

ओखर : ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।

भिटामिन : शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ । आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस् । सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस् । मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन् ।

बदाम : बदाम आँखाका लागि लाभदायक हुन्छ । राती पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ । बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ ।

कसरी हटाउने काखीमुनिकाे कालाे ?

गर्मीमा काखी कालो हुने समस्या कम गर्न हामीले आरामदायक हावा छिर्ने कपडा लगाउने, डियोडोरेन्टको ब्रान्ड परिवर्तन गर्ने वा हर्बल डियोडोरेन्ट प्रयोग गर्ने, सेभिङ नगर्ने, रौं हटाउने क्रिमको प्रयोग नगर्ने, वाक्सिङ गर्ने वा लेजरमार्फत कपाल हटाउने, मृत त्वचालाई कम गर्नका लागि काखीमा मसाज गर्ने र धुम्रपान नगर्ने गर्न सक्छौँ ।

प्रतिक्रिया दिनुहोस