अभिषेकसँग यसकारण टुटेकाे थियाे करिश्माको प्रेम

बलिउड अभिनेत्री करिश्मा कपूरले राजा हिन्दुस्तानी, साजन चले ससुराल, जीत, कृष्णा, हिरो नं. १, दिल तो पागल है जस्ता हिट फिल्म गरेकी छिन् । करिश्मालाई अभिनयमा आउन परिवारको बन्देज थियो । तर उनले परिवारको इच्छा विपरित १९९१ मा अभिनयमा डेब्यु गरिन् । फिल्मको अलवा करिश्मा आफ्नो व्यक्तिगत जीवनका कारणले पनि चर्चित रहदै आएकी छन् । १९९१ मा फिल्म ‘प्रेम कैदी’बाट बलिउड डेब्यु गरेकी करिश्माले डेविड धवनको फिल्म ‘साजन चले ससुराल’ बाट पहिचान बनाएकी हुन् । त्यसपछि उनले अभिनय गरेको जीत र कृष्णा हिट भएको थियो ।

करियर चुलिएका बेला उनी विभिन्न कारणले सधैँ चर्चामा रहिन् । कहिले प्रेम त कहिले चलचित्रमा निभाएका भूमिका । प्रेमका कुरा गर्ने हाे भने १९९१को फिल्म जीगरमा करिश्मा अजयदेवगन साथ देखिएका थिए । फिल्मपछि दुबै एक अर्कासँग नजिक समेत भए । करिश्मा आगाडि अजय रवीना टन्डनसँग डेटमा रमाउँथे । करिश्मा आएपछि अजयले रवीना छोडे । तीन वर्षको सम्बन्धपछि अजयसँग करिस्माको ब्रेकअप भएको थियो ।

अभिनयमा हिट रहेको समय करिश्माको बुबा रणधीर उनको विवाह नजिकका साथी विनोद खन्नाका छोरा अक्षय खन्नासँग गर्न चाहन्थे । तर करिश्माकी आमा बबिताले विवाहको विरोध गरिन् । बबिता चाहन्थिन् करिश्मा फिल्ममा मात्र सिमित नहुन् । अक्षय खन्ना भने अहिले ४८ वर्षको उमेरसम्म पनि कुमारनै छन् ।

करिश्मा र अभिषेक प्रेममा रहँदा अभिषेकले बलिउड डेब्यु गरेका नै थिएनन् । दुबै अमिताभ बच्चकी छोरी श्वेताको विवाहमा नजिक भएका थिए । अभिषेकले करिश्माकी बहिनी करिनाको साथ रिफ्युजी फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । केही वर्षको सम्बन्धपछि अभिषेक र करिश्माले दुवै परिवारको सहमतिमा विवाहका लागि २००२ मा इन्गेजमेन्ट समेत गरेको खबर आएको थियो । तर दवबैको सम्बन्ध अगाडि सम्बन्ध बढ्न सकेन । जसको कारण अभिषेककी आमा जया थिइन् । उनले विवाहपछि आफ्नो बुहारीले अभिनयबाट बिदा लिनुपर्ने सर्त राखेकी थिइन् । यो सर्तमा करिश्मा र उनकी आमा बबिता राजी थिएनन् ।

करिश्माले २००२ मा व्यवसायी सञ्जय कपुरसँग बिवाह गरेकी थिइन् । करिश्मा सञ्जयको दोस्री श्रीमती हुन् । विवाहपछि करिश्माका दुई सन्तान समायरा र कियान भए । श्रीमान्सँग उनले २०१० मा सम्बन्ध तोडिन् । सन् २०१६ मा दुबैको आधिकारिक सम्बन्धबिच्छेद भयो । सञ्जयले पैसा र अभिषेक बच्चनको याद भुलाउन आफुसँग विवाह गरेको आरोप करिश्मालाई लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस