नियाको हट एण्ड बोल्ड लुक्स् (१० तस्वीर)

एजेन्सी । भारतीय अभिनेत्री निया शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी फ्यानका साथ नयाँ तस्बिर तथा भिडियो शेयर समेत गरिरहन्छिन् । हालसालै उनले ब्रालेस फाेटाेसुट गरेकि थिइन् । क्रप ज्याकेट, रिब्ड जिन्समा निकै बोल्ड देखिएकि थिइन् उनी । धेरैले उनकाे पहिरनकाे आलोचना समेत गरिरहेका हुन्छन् । तर नियालाई भने यी आलोचनाले कुनै फरक परेको देखिँदैन ।

सिरियल, रियालिटी शो र वेबसिरिजमा काम गरिसकेकी निया शर्मा एशियाको दोस्रो सबैभन्दा सेक्सी महिलाको रुपमा छानिइसकेकी छिन् । उनी आफ्नो हट फोटोसुटका लागि पनि चर्चामा छाइरहिन्छन् । निया शर्मा मनोरञ्जन जगतको चर्चित नाम हो । उनको टेलिभिजन करियरको सुरुवात ‘काली–एक अग्नि परीक्षा’ बाट सुरु भएको थियो । त्यसपछि सन् २०११ मा बहराइन सिरियलमा उनले निशा मेहताको भूमिका निभाइन् ।

सन् २०११–१३ को बीचमा आएको सिरियल ‘एक हजारो मे मेरी बहना है’ बाट निया शर्माको लोकप्रियता बढ्न थाल्यो । सन् २०१४ देखि २०१६ बीच नियाले रोशनी पटेलको भूमिका निभाएकी थिइन् । उक्त सिरियलको नाम थियो जमाई राजा । त्यसपछि खतरोंका खेलाडीको आठौं सिजनमा निया शर्मा देखिएकी थिइन् । त्यसपछि उनको ग्ल्यामर र पहिचानले नयाँ उचाईं पायो ।

ईश्कमे मरजावां सिरियलमा नियाले आरोही कश्यपको भूमिका निभाइरहेकी छिन् । निया विक्रम भट्टको वेब सिरिज ‘ट्विस्टेड’ मा पनि काम गर्नेछिन् । सन् २०१७ मा एशियाको ५० सबैभन्दा सेक्सी महिलाको सूचीमा नियाले दोस्रो स्थान हाँसिल गरेकी थिइन् । यसअघि सन् २०१६ मा उनी तेस्रो स्थानमा थिइन् । सन् २०१५ मा नियाले विभिन्न फेशन इभेन्टसम्बन्धि काम गरेर नाम कमाइन् ।

तस्वीरहरु

 

प्रतिक्रिया दिनुहोस