सुनको भाउ निरन्तर उकालो, कति छ आजको बजार मूल्य ?

काठमाडौं । सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । आज (शुक्रबार) छापावाल सुन ९१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारको तुलनामा शुक्रबार ४ सयले सुनको मूल्यमा वृद्धि भएको हो । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९० हजार ८ सय तोकिएको थियो ।

यस्तै आज तेजाबी सुन ९० हजार ७ सयमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९० हजार ३ सयमा कारोबार भइरहेको थियो । यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । बिहीबार एक हजार १८० मा कारोबार भएको चाँदीको बिहीबार १५ रुपैयाँले बढेर एक हजार १९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

१८ वर्षमाथिका विद्यार्थी र ४० वर्षमाथिकाले आजदेखि खोप लगाउन पाउने, यी हुन् खोप केन्द्रहरु
काठमाडौं । काठमाडौंमा आजदेखि १८ वर्षमाथिका विद्यार्थी र ४० वर्षमाथिका वयस्कले पनि खोप लगाउन पाउने भएका छन् । सुरुवाती चरणमा वृद्धवृद्धा र फ्रन्टलाइनरलाई खोपको प्राथमिकतामा राखिएकोमा अब विद्यार्थी र वयस्कलाई पनि खोप लगाउन लागिएको हो ।

प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका खोप लगाउन पाउनेछन् । भदौ ४–६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा उक्त तहको परीक्षा दिने विद्यार्थीले प्रवेशपत्र देखाएर भेरोसेलको पहिलो मात्रा खोप लगाउन पाउने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले थप खोप केन्द्र निर्धारण गरेको छ । यस्तै, भीडभाड नहोस् भनेर अन्य नगरपालिकाको हकमा सोही पालिकाले खोप केन्द्र तोकिएको छ । यस बाहेक सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस