‘८ वर्ष पहिले मेरो मृत्यु भएको थियो, अहिले पुनर्जन्म भयो’ भन्दै जब बालक घर फर्किए…

एजेन्सी । भारतको उत्तर प्रदेशका मैनपुरीमा पुनर्जन्म सम्बन्धी एउटा अचम्मको घटना सार्वजनिक भएको छ । एक बालकको ८ वर्ष पहिले मृत्यु भएको थियो । गएको १९ अगष्टमा मृतकका पीतासँग मिल्न एक बालक पुग्यो र आफू त्यही बालक भएको बतायो जसको ८ वर्ष पहिले मृत्यु भएको थियो । बालकले आफ्नो पुनर्जन्म भएको दाबी गर्यो र सबै गाउँघरका सदस्यलाई चिन्यो ।

वास्तवमा मैनपुरी जिल्लाको ग्राम नगला सलेहीका प्रमोद कुमार श्रीवास्तवका १३ वर्षीय छोरा रोहित कुमारको ८ वर्षअघि मृत्यु भएको थियो । गाउँ नजिकैको एक नदिमा डुबेर रोहितको मृत्यु भएको हो । प्रमोदका दुई बच्चा थिए । एक छोरी र एक छोरा । छोरा रोहितको मृत्यु भइसकेको थियो ।

रोहित

प्रमोद आफ्नी पत्नी ऊषा देवी र छोरी कोमलको सहारामा बाँचिरहेका थिए । रोतिको मृत्यु ४ मे २०१३ मा भएको थियो । मृत्यु भएको ८ वर्षपछि नजिकैको गाउँ नगला अमरसिंहमा रहँदै आएका रामनरेस शंखवारका छोरा चन्द्रवीरले आफू रोहित नै भएको दाबी गर्दै उनको पुनर्जन्म भएको बताए ।

१९ अगष्टमा चन्द्रवीर, प्रमोद कुमारको घर आएका थिए । उनले माता, पीता र बहिनीलाई चिने र आफ्नो पुनर्जन्म भएको बताउन थाले । चन्द्रवीरले पुनर्जन्मको कुरा गरेको सुनेर पुरै गाउँ एकत्रित भयो र ऊसँग पुनर्जन्मसँग जोडिएका कुराहरु सोध्न थाले गाउँलेहरुले । यसैक्रममा गाउँका पूर्व माध्यमिक विद्यालयका प्रधानाध्यापक सुभाषचन्द्र यादव भीड लागेको देखेर त्यहाँ पुग्दा चन्द्रचुरले उनको खुट्टा छुँदै भने, ‘उहाँ त सुभाष मास्टरसाब हुनुहुन्छ ।’ उनले सबैलाई चिनेको देखेर पुरै गाउँ नै अचम्मित भयो ।

चंद्रवीर

चन्द्रवीरको गाउँलेले उनलाई त्यसै स्कुलमा लिएर गए जहाँ उनी पहिले पढ्थे । त्यहाँ जब शिक्षकले उनलाई कुन कक्षामा पढ्थ्यो भनेर सोधे, तब उनले तुरुन्त जवाफ दिए । चन्द्रवीरले बताएको पुनर्जन्मको कुरा पुरै गाउँमा फैलिएको छ । चन्द्रवीरका पीता रामनरेश शंखवारका अनुसार उनको छोरा बच्चाबेला देखि नै पुनर्जन्मको कुरा गथ्र्यो र नगला सलेही जानका लागि जिद्दी गर्थे । तर आफ्नो बच्चा आफूबाट टाढा नजाओस् भनेर उनी नगला ल्याउँदैन थिए । तर बच्चाको जिद्दीका अगाडी उनको केही चलेन, प्रमोदको घर लिएर आउन बाध्य भए ।

प्रतिक्रिया दिनुहोस