चिहानबाट बालिकाको शव झिकेर बलात्कार…

नयाँ दिल्ली । पाकिस्तानमा चिहानबाट युवतीको शव झिकेर बलात्कार गरिएको खबर सार्वजनिक भएको छ । १३ अगष्टमा पाकिस्तान स्वतन्त्रता दिवस मनाइरहेको थियो । त्यसै दिन सिन्ध प्रान्तमा रहेको थट्टा जिल्लास्थित असरफ गाउँको एक चिहानमा गाडिएको एक १४ वर्षीय बालिकाको शव झिकेर एक युवकले बलात्कार गरेका हुन् ।

मृतक युवतीको ज्वरोका कारण मृत्यु भएको थियो । उनको शव गाउँ नजिकैको चिहानमा खाडिएको थियो । तर त्यसै रात इलाकाका एक व्यक्तिले उनको शव चिहानबाट निकालेर त्यहाँबाट आधा किलोमिटर टाढा एक झाडीमा लगेर बलात्कार गरेका हुन् । बलात्कार गरेर फरार भएका ती व्यक्ति रफिक हुन्, उनी त्यस इलाकाको गुण्डा भएको बताइएको छ ।

घटनाको बिहान केही बच्चाहरुले चिहान खोतलिएको देखे र हेर्न जाँदा त्यहाँ ती बालिकको शव थिएन । त्यसपछि घटना सबैतिर फैलियो । घटनाको बिहान केही बच्चाहरुले चिहान खोतलिएको देखे र हेर्न जाँदा त्यहाँ ती बालिकको शव थिएन । त्यसपछि घटना सबैतिर फैलियो । उनका पीताले प्रहरीमा जाहेरी दिए र प्रहरीले शव खोज्न सुरु गर्यो । खोजीका क्रममा उनको शव झाडीमा फेला परेको हो । शव पोष्मार्टमपछि उनको बलात्कार भएको पुष्टि भयो । घटनाको सूचना प्राप्त भएको एक घण्टामा नै प्रहरीले आरोपीबारे पत्ता लगायो । गाउँ वरिपरिका मानिसहरुले अपराधीलाई जहाँ भेटिन्छ त्यहीँ गोली हान्न भनेका थिए, प्रहरीलाई ।

आरोपीलाई पक्राउ गर्न एक समूह नै गठित गरियो । प्रहरीले इलाकामा छापा मार्यो, झाडीबाट पक्राउ गर्ने क्रममा उनी भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो । उनी प्रहरी मुठभेडमा मारिए । प्रहरीका अनुसार अभियुक्त रफीक करिब १० वर्षदेखि उक्त इलाकामा लुटपाट, चोरी, डकैतीको धन्दा गरिरहेका छन् । उनी एक व्यवसायिक अपराधी हुन् ।

प्रतिक्रिया दिनुहोस