तालिबानको क्रुरता : देश छोड्नेलाई गर्न थाल्यो यस्ताे

एजेन्सी । अब कसैसँग बदला नलिने, विरोध गर्नेलाई पनि माफी दिने कुरा गरेको तालिबानले क्रुरता प्रदर्शन गर्न सुरु गरेको छ । तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानको स्थिति भयावह हुने संकेत देखिएको छ ! आतंककारी यो संगठनको डरले देश छोड्ने प्रयास गरिरहेका नागरिकलाई कुटपिट गर्न थालेको मानवअधिकार समूहको दाबी छ ।

अफगानिस्तानको सत्तामा आउनेबित्तिकै तालिबान क्रुरतामा उत्रिएको एमनेस्टी इनटरनेश्नलले आफ्नो रिपोर्टमा दाबी गरेको छ । रिपोर्ट अनुसार विना कारण पनि मानिसहरुलाई प्रताडित गरिएको छ । उनीहरुमाथि लाठी बजार्न, कुटपिट गर्न थालिएको छ ।  तालिबानी लडाँकुले हजारौँ अल्पसंख्यक समूहका मानिसहरुलाई प्रताडित गरेको, हत्या गरेको खबर बाहिरिएको छ । एम्नेस्टी इन्टरनेशनलले गजनी प्रान्तमा भएको क्रूर हत्याका साक्षीहरुले घटनाको बारेमा भयावह जानकारी दिएको बताएको छ।

सत्ता कब्जा अगाडीको सरकार र तालिबान बिच लडाईँ तीव्र भएपछि गाउँलेहरु पहाडतिर भागेपछि मलिस्तान जिल्लामा ४ र ६ जुलाईको बिचमा लगभग हजारौँ मानिसहरुको हत्या तालिबानले गरेको थियो । रिपोर्ट अनुसार जब बचेका मानिसहरु आफ्नो गाउँ फर्किए तब उनीहरुले तालिबानले आफ्नो घर तोडफोड गरेको पाए । साथै उनीहरुलाई तालिबानले कुरिरहेको थियो, पुग्नेबित्तिकै गोली हानी हत्या गर्यो । यीमध्ये केही मानिसहरुको टाउकोमा गोली हानिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार तालिबानी लडाँकुले एक व्यक्तिलाई आफ्नै स्कार्फले घाटी कसिदिएको थियो, त्यसपछि हात काटिदिएका थिए । अर्को व्यक्तिको शरीर टुक्राटुक्रा पारिदिएको एक दिन पहिले प्रकाशित भएको एमनेस्टीको रिपोर्टमा भनिएको छ । रिपोर्टमा भनिएको छ – ‘पछिल्ला दिनमा आतंकवादी समूहको छवि बदल्ने कोशिस र यी घटना तालिबान शासनको एक भयावह संकेत हो ।’

प्रतिक्रिया दिनुहोस