आर सी कोलाका उत्पादन अब नेपालमा पनि उपलब्ध

भेञ्चुरा बोटलर्स प्रालि हल्का कार्बोनेटेड पेय उत्पादनको एउटा नयाँ श्रृंखला नेपाली बजार प्रस्तुत गरिएको घोषणा गर्न पाउँदा अत्यन्त हर्षित छ । आर सी कोला, माइट्टी रेन, आर सी क्यू लेमन लाइम, आर सी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर अब देशभर उपलब्ध छन ।

यी उत्कृष्ट र र विश्वस्तरीय पेय अब काठमाण्डौका कतिपय खुद्रा पसलहरुमा पाइने छन । यस विषयमा बढी जानकारी चाहिएमा सम्पर्क गर्न सक्नु हुन्छ ः ९८०१८८९१०२ र ९८०१८८९१३९ ।

आर सी कोला, पुरानो र चिरपरिचित अमेरिकी छवि अनि वर्तमानको अनुभूतिसहितको अमेरिकाको एक मौलिक कोला अब नेपालका पसल वा विक्री भण्डारहरुमा उपलब्ध छन । यसको उत्पादनका लागि आवश्य पर्ने कन्सनट्रेटेड कच्चा पद्दार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्वसबाट आयात गरिन्छ । मकवानपुरमा रहेको भेञ्चुरा बोटलर्सको अत्याधुनिक प्लान्टमा अमेरिकी स्तरको प्रकृयामा नेपाली पानीको समिश्रणबाट नेपालमा आर सी कोला तयार हुन्छ ।

सन् १९०५ मा संयुक्त राज्य अमेरिकाबाट उत्पादन सुरु गरिएको आर सी कोलाले विगत ११६ वर्षदेखि अकण्टक रुपमा संसारभरका उपभोक्ताहरुको मन जितेको छ । आर सीका उत्पादनहरुको संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरुबाट अनुमोदन तथा नियमन समेत हुँदै आएको छ । उत्पादनको स्तर र उपभोक्ता हितप्रतिको हाम्रो प्रतिवद्दतालाई हामी सर्वोपरी ठान्दछौं ।

संसारको एक पुरानो, मौलिक र श्रृजनशीलताको परिचायक कोलालाई नेपालमा भित्र्याउन पाउँदा गौरवान्वित भइरहेका छौं । आउनु होस, दुई दशकको प्रतिक्षापछि, अर्को विश्वव्यापी रुपमा स्वीकार गरिएको हल्का पेयको पहिचान गर्ने अवसरलाई अंकमाल गरौं । विश्वका ६७ देशहरुमा निकै मन पराइएका आर सी श्रृंखलाका हल्का पेय पद्दार्थहरुले अब नेपाली पेय बजारमा पनि थप छनौटको अवसर उपलब्ध गराएका छन ।

प्रतिक्रिया दिनुहोस