रक्तचाप कोलेस्ट्रोल जस्ता राेगबाट जोगाउछ यदि फर्सिकाे मुन्टा दैनिक खानुहुन्छ भने, यस्ता छन् अन्य फाइदाहरु

रक्तचाप कोलेस्ट्रोल जस्ता राेगबाट जोगाउछ यदि फर्सिकाे मुन्टा दैनिक खानुहुन्छ भने, यस्ता छन् अन्य फाइदाहरु । तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टो वा भनौ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टो खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ ।

फर्सीको साग भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक ए-सि-ड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । युएस-डीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि तपाईँलाई ख-तरनाक रोगबाट जोगिन मद्दत गर्छ ।

फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर तपाईँ उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता ख-तरनाक रोगबाट सुरक्षीत रहन सक्नु हुनेछ । फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले तपाईँको बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोग गर्छ । फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो हुन्छ ।

फाइबर एक यस्तो तत्व हो जसको सेवनले तपाईँलाई अनेक फाइदा हुन्छ । फर्सीको पातमा पाइने फाइबरले तपाईँको शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउँछ । किनकी फर्सीको पातको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ जसको मद्दतले प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस