चीनको सरकारी स्वामित्वको ऋणदाता कम्पनीले अस्ट्रेलियन कम्पनीलाई टाट पल्टाएको भन्दै आलोचना

बेइजिङ । एक चिनियाँ सरकारी स्वामित्वको फाइनान्सरले अष्ट्रेलियाली कम्पनीलाई स्वामित्व लिनको लागि जानीबुझी भुक्तानीको गलत निर्देशन दिएर टाट पल्टाएको भन्दै अस्ट्रेलियन संसद्मा चर्को आलोचना भएको छ ।

अस्ट्रेलियानको संघीय संसदमा मंगलबार दिउँसो पेस गरिएका कागजातहरूका अनुसार चीनको चाइना ताइपिङ इन्स्योरेन्स समूहले गत वर्ष एउटा अष्ट्रेलियाली जनसम्पर्क
कम्पनीलाई मिडिया नियन्त्रणको सल्लाह दिन लगाएको थियो । यसको एक संस्थाले सुपरन्युएशन फिनटेक सर्गोन क्यापिटलको अधिग्रहण सुरु गरेकोसमेत जनाइएको छ ।

चिनियाँ समर्थकहरुले सन् २०१९ को सेप्टेम्बर र डिसेम्बर क्वार्टरको ब्याज भुक्तानी समयमै नगरेको दाबी गरेपछि जनवरी २०२० मा चाइना ताइपिङाको सहायक कम्पनीले सर्गोनलाई बिक्रीमा राखिएको थियो ।

तर सर्गोन र चाइना ताइपिङ दुबैबाट आन्तरिक कागजातहरु सबै भुक्तानीहरु भएको देखिएको छ । कागजातका अनुसार चिनियाँ कम्पनीले जानीबुझी ऋणमा डुबाएको र कम्पनीलाई टाट पल्टाएको पाइएको छ । उक्त कम्पनी टाट पल्टिएपछि चिनियाँ कम्पनीले एक प्रशासकको नियुक्तिको लागिसमेत अनुमति दिइएको पाइएको छ ।

सार्गन, जसको बोर्डमा उद्यमी फिलिप किंग्स्टन, क्राउन रिसोर्ट्सका पूर्व अध्यक्ष रोब र्यान्किन र पूर्व सीनेटर स्टीफन कोनरोय सामेल थिए, गत बर्ष रिसीभरशिपमा पर्दा धेरै नकारात्मक मिडियाको ध्यान गएको थियो ।

लिबरल सांसद टिम विल्सनद्वारा संसदमा पेश गरिएका कागजातहरुमा चाइना ताइपिङ इन्स्योरेन्स होल्डिङ्समा चीनको अर्थ मन्त्रालयको ९० प्रतिशत स्वामित्व रहेको छ । अष्ट्रेलियाली जनसम्पर्क फर्म ब्लूचिप कम्युनिकेशनको सेवामा संलग्न रहेको बताइएको छ ।

संसदमा सम्बोधन गर्दै कागजातहरुलाई टेबुल गर्ने क्रम्मा सांसद् विल्सनले एक अष्ट्रेलियाली कम्पनी चीनको राज्यसँग जोडिएको निकायको निर्देशनमा दुर्भावनापूर्ण ढंगबाट देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस