इन्डो प्यासिफिकमा चिनियाँ हस्तक्षेप बिरुद्ध युरोपेली मुलुकहरुले नौसेना पठाउँदै

सिड्नी । प्रमुख युरोपेली मुलुकहरुले इन्डो प्यासिफिक क्षेत्रमा फायरपावर नौसेना पठाईरहेको छ ।इन्डो प्यासिफिक क्षेत्रमा चिनियाँ सैन्य हस्तक्षेप नियन्त्रण गर्न प्रमुख युरोपेली मुलुकहरुले फायरपावर नौसेना पठाईरहेको छ ।

दक्षिण चीन सागरमा चिनियाँ सैन्य गतिविधि नियन्त्रण गर्ने अमेरिकी प्रयासलाई सहयोग गर्दै युरोपेली मुलुकहरुले इन्डो प्यासिफिक क्षेत्रमा नौ सेना पठाउने भएको हो । दक्षिण चीन सागरमा अमेरिका र अन्य साझेदारहरुसँग सैन्य अभ्यासमा बेलायत र फ्रान्स सहभागी भईसकेका छन् ।

बेलायतको सबैभन्दा ठुलो विमान वाहक र नौसैन्य विमानहरुले अमेरिका, जापान, अस्ट्रेलिया र न्युजिल्याण्डसँग अभ्यास गर्ने बताईएको छ । यस्ता अभ्यासहरुमा बेलायतको विमान वाहक सहभागी हुनु विरलै घटना भएको भन्दै जापानी रक्षा मन्त्रालयले सैन्य अभ्यासको महत्व दर्शाएका छन् ।

संयुक्त राष्ट्रसंघको समुद्री क्षेत्रबारे नियमको उल्लघंन गर्दै आएको चिनियाँ गतिविधि नियन्त्रण र प्रतिरोध गर्न बेलायत र फ्रान्सले अमेरिका र जापानसँग सहकार्य गरेको छ । इन्डो प्यासिफिक क्षेत्रमा लोकतन्त्रिक मुल्य मान्यताको रक्षा गर्न र सुरक्षा खतरा बिरुद्ध लड्न आफ्ना साझेदारहरुसँग प्रतिबद्ध गरहेको बेलायती रक्षा मन्त्री बेन वालेसले बताएका छन् । स्रोत जी फाईभ

प्रतिक्रिया दिनुहोस