क्यान्सर हुने कारण के के हुन् ?

क्यान्सर के कारणले हुन्छ भनेर किटान गर्न सकिदैन । तर यसका केही कारक तत्व छन् । प्रमुख कारक तत्व त सुर्तीजन्य पदार्थ नै हो ।चुरोट, खैनी, बिँडी र गुट्खाजस्ता पदार्थको सेवनले क्यान्सरको खतरा बढ्छ ।

त्यसैगरी, मादक र अखाद्य पदार्थ, अखाद्य रंग, रासायनिक पदार्थ राखिएको खाना, ढुसी परेको र नुन धेरै भएको खाना खाएमा पनि क्यान्सर हुनसक्छ । अर्को कुरा १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक वा वंशाणुगत कारणले पनि हुन्छ ।

यसका साथै विकीरण, व्यावसायीक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण र शारीरिक दुर्वलतालाई पनि क्यान्सरका कारणका रुपमा लिइएको छ । सुरुमा उपचार गरे क्यान्सर पूर्णरूपमा निको हुनसक्छ ।

हालसम्मको अनुभवका आधारमा भन्नुपर्दा मानिसमा हुने ३३ प्रतिशत क्यान्सरबाट बच्न सकिन्छ भने ३३ प्रतिशत क्यान्सर निको पार्न सकिन्छ । बाँकी ३३ प्रतिशत क्यान्सरमा चाहिँ पीडितको जीवन लम्व्याउन मात्र सकिन्छ । नेपालमा बर्षेनि ५० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेको अनुमान छ । ९० प्रतिशतलाई त क्यान्सर रोग लागेको थाहै हुँदैन, थाहा पाउँदा उपचारमा ढिला भइसकेको हुन्छ ।

डा. राजेन्द्र बराल
बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ

प्रतिक्रिया दिनुहोस