सैन्य हवाई कारबाहीमा दुई सय भन्दा धेरै तालिबानको मृत्यु

काबुल । अफगानिस्तानमा सैन्य हवाई कारबाहीमा दुई सय भन्दा धेरै तालिबान विद्रोहीहरु मारिएका छन् ।
अफगानिस्तानको शेबर्गन क्षेत्रमा तालिबान विद्रोही लडाकुहरुमाथि भएको हवाई कारबाहीमा दुई सय भन्दा धेरै लडाकुहरु मारिएका हुन् ।

शेबर्गन क्षेत्रमा लुकेर बसेका साथै लडाकुहरुको भेलालाई लक्षित बी फिफ्टी टु बमवर्षक विमानद्धारा सैन्य हवाई कारबाही गरिएको अफगानी रक्षा मन्त्रालयले बताएको हो । साथै हवाई आक्रमणमा ठुलो मात्रामा तालिबान विद्रोहीको हात हतियार, गोला बारुद तथा करिब सय सवारी साधनहरु नष्ट भएको मन्त्रालयले बताएको छ ।

सोही दिन अफगान कमाण्डो फोर्सेसले घज्नी प्रान्तमा एक पाकिस्तानी आतंकवादी लडाकु पक्राउ गरेको थियो । सुरक्षाकर्मीसँग एक साता लामो द्धन्द्ध पछि उत्तरी जउज्वन प्रान्तको राजधानीमा तालिबानले कब्जा जमाईसकेको छ । पछिल्लो समय, राजधानी काबुल सहित विभिन्न क्षेत्रमा तालिबानले पकड जमाउँदै आएको छ । स्रोत एनडी टिभी

प्रतिक्रिया दिनुहोस