दिनको जम्मा ४४ सय कदम हिँड्दा मात्र पनि गम्भीर रोगबाट बच्न सकिन्छ : विज्ञ

शरीरलाई तन्दुरुस्त राख्नका लागि दिनको १० हजार कदम अनिवार्य हिँड्नुपर्ने भनी सुझाव दिने गरिएकोमा स्वास्थ्यविद्ले ४४ सय कदम मात्रै पनि पर्याप्त हुने बताएका छन् ।

बेलायतको हर्टफोर्डशायर विश्वविद्यालयका एक विज्ञले शारीरिक गतिविधिका विभिन्न फाइदाका विषयमा समीक्षा गरेका थिए ।शारीरिक गतिविधिले डिमेन्सिया र विशेष किसिमका क्यान्सर जस्ता रोगहरूको जोखिम घटाउने र टाइप २ डायबिटिजलाई पनि सुधार गर्ने देखिएको छ ।

दिनको १० हजार कदमका लागि औसत मानिसले दुई घन्टा हिँड्नुपर्ने हुन्छ तर ४४ सय कदम ५३ मिनेट जतिमा पूरा गर्न सकिन्छ ।‘कार्यालय पनि पैदलै जाने अनि घरमा बसेर काम गरिरहेको हो भने पनि घरैमा यताउति डुल्ने गर्नुपर्छ,’ अभ्यास तथा स्वास्थ्यविद् लिन्डसे बटम्सले बताइन् ।

‘साथीहरूसँग क्याफेमा भेट्ने भन्दा पनि हिँडीहिँडी गफ गर्ने गर्दा पनि उपयोगी हुन्छ,’ उनले भनिन् । ‘थोरै मात्र शारीरिक गतिविधि गर्दा स्वास्थ्यमा सकारात्मक असर पर्छ ।’

प्रतिक्रिया दिनुहोस