निरन्तर घट्दै सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलाको २ सय रुपैयाले घटेको सूनको मूल्य आज पनि तोलामा २ सय रुपैयाले घटेको छ । यसअघि मंगलबार पनि सुनको मूल्य तोलाको ४ सय रुपैयाले घटेको थियो ।

बुधबार प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर तोलाको ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्यमा बढेर तोलाको १२ सय ५ रुपैयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस