शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाई ६ प्यालेष्टेनी कैदी कारागारबाट फरार

एजेन्सी । इजरायलको एक कारागारबाट ६ जना प्यालेष्टेनी कैदी फरार भएका छन् । इजरायलको उत्तरी क्षेत्रमा रहेको गिलबोआ कारागारको भुईमा खाल्डो खनेर सुरुङ बनाई उनीहरु फरार भएका हुन् ।

कडा सुरक्षा घेरामा रहेको उक्त कारागारको शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाइ उनीहरु फरार भएका हुन् । फरार हुनेहरुमा प्यालेष्टाइनको आतंकबादी समूह अल अक्साका एक पुर्व नेता र पाँच इस्लामिक जिहाद समूहका सदश्य रहेको खुलासा भएको छ ।

शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाई ६ प्यालेष्टेनी कैदी कारागारबाट फरार
उता प्यालेष्टेनी बिद्रोही समूह अल अक्साले भने आफना सदश्यहरु कारागारबाट भाग्नु ठुलो उपलब्धिको रुपमा ब्याख्या गरेको छ । जेल प्रशासनले नियमित रुपमा गर्ने कैदीको संख्या गणनामा ६ जना नभेटेपछि उनीहरु फरार भएको खुलासा भएको हो ।

प्रतिक्रिया दिनुहोस