प्रचण्डले फतिमालाई भने, राष्ट्रिय सहमति विना एमसीसी पास हुँदैन

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवासमा भएको भेटमा प्रचण्डले राष्ट्रिय सहमति नजुटाई एमसीसी पास हुने अवस्था नरहेको प्रष्ट पारेका थिए । फतिमाले एमसीसी अनुमोदन गर्नका निम्ती प्रचण्डलाई आग्रह गरेपछि उनले प्रश्नहरु उठेको र त्यो विषयमा राष्ट्रिय सहमति आवस्यक पर्ने बताएका थिए ।

एमसीसीबारे उठेका प्रश्न र भ्रमहरुको निवारण नहुञ्जेल एमसीसी पास नहुने प्रचण्डले स्पष्ट पारेका थिए ।भेटवार्ताका क्रममा फतिमाले एमसीसीको पक्ष र फाइदाबारे जानकारी दिएकी थिईन् ।फतिमाले हिजो एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिईन् । उनले आजै अन्य नेता र प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ ।

अनुदान स्वीकार गर्ने वा अस्वीकार गर्ने नेपाली जनताको छनोटको विषय हो: उपाध्यक्ष फतिमा सुमार [कुराकानी]
♦सुमारसँग ओलीले भने: एमसीसी पास गर्ने-नगर्ने जिम्मा सरकारको, हामी त प्रतिपक्षी भइसक्यौँ

प्रतिक्रिया दिनुहोस