साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

भदौ २७ गते । साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीकाे मूल्य पनि आज तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी ताेलामा २० रुपैयाँले घट्दै प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

♦तपाई नाकको वरिपरि स-साना कालो खिल बस्नु, चिल्लो हुनु जस्ता समस्यामा हुनुहुन्छ ? यसरी छुटकारा पाउनुहोस

तपाई नाकको वरिपरि स-साना कालो खिल बस्नु, चिल्लो हुनु जस्ता समस्यामा हुनुहुन्छ ? यसरी छुटकारा पाउनुहोस, सुन्दर अनि सफा अनुहार सबैको चाहना हुन्छ । तर विविध कारणले सुन्दरतामा कमजोरी पनि आउँछ । सुन्दरता कमजोर गराउने कारण मध्ये नाकको बाहिर पटी छालामा देखिने बढी चिल्लोपना वा स–साना काला वा सेता खिल हुन् ।

नाकमा चिल्लो वा यस्ता खिलहरु के कारणले आउछ ? र कसरी आउन नदिने वा हटाउने ? हामी आज यस्को बारेमा चर्चा गर्ने कोसिस गरेका छौ । नाक स्वास्थ्यका लागि मात्र हैन सौन्दर्यको लागि पनि महत्वपूर्ण अंग हो । त्यस कारण नाकको भित्री तथा बाहिरी नाक वरिपरीको छाला भाग स्वस्थ र सफा हुनु पर्छ । नाक वरिपरीको छालामा विशेष गरेर चिल्लो, काला तथा सेता खिल आउने समस्या धेरै व्यक्तिमा हुन्छ ।

खिलबारे भ्रम हाम्रो समाजमा नाकमा आउने चिल्लो वा खिल बारे धेरै भ्रम छ । सानोमा बढी चिल्लो खायो वा लायो भने यस्तो हुन्छ, यसलाई निचोरेरै हटाउन सकिन्छ, भन्ने कुरा भ्रम मात्र हो । तर यस्तो गर्नु पनि राम्रो हुँदैन ।

यस कारण नाक वरिपरी छालामा चिल्लो वा खिल आउँछ
प्राय १३ वर्षदेखि २५ वर्षको समयमा यस्तो समस्या बढी देखा पर्छ । कारण नाकदेखि आँखा तलको भागसम्मलाई ‘टि एरीया अफ दि फेस’ भनिन्छ ।

नाकदेखि आँखाको मुनिसम्मको भागमा ‘सिवाईसेस ग्रन्थी’ हुन्छ । यो ग्रन्थीले शिवम नामक चिल्लो पदार्थ उत्पादन गर्छ । यस्तो चिल्लो पदार्थ छालाबाट सजिलै बाहिर जान नसके पछि, काला, सेता खिलको रुपमा परिणत हुन्छ ।

सेता खिलहरु छाला भित्रै डण्डिफोर वा साना फोका जस्तै हुन्छ । यो फुट्दैन । तर काला खिलहरु फुटेर चिल्लो वा घिउ जस्तो निस्कन्छ । सेता खिलको तुलनामा काला खिलले कुरुप हुन्छन् ।

खिल देखा पर्दा गर्नै नहुने कुराहरु
अधिकांश मानिसको बानी हुन्छ, नाक वरिपरी यस्ता खिलहरु आए कोट्याउने, वा निचोर्ने । यस्तो गर्दा छालामा प्वाल पर्नुका साथै खाल्टा–खाल्टा दाग देखिन्छ । इन्फेक्सन भयो भने कान वरिपरीको भाग दीर्घकालिन कुरुप नहोला भन्न सकिन्न । त्यसैले पनि यो बढ्दो उमेरसँगै ग्रन्थीको प्रभावले देखा पर्ने समस्या भएकाले आउँछ, जान्छ । सकभर चलाउनु हुदैन् ।आफै निको भएर जाने छ केही दिनमा ।

के कारणले गर्दा आउँछ त नाकमा चिल्लोपना वा खिल ?यस्लाइ आउन नदिन यसो गर्नुस्
१:दिनको तीन पटक सफा पानीले मुख धुने ।

२:बाहिर हिँड्दा वा दिनको एक पटक आफ्नो छालालाई सुहाउने गुणस्तरीय क्रिमको प्रयोग गर्ने ।

३:धुवाँ, धुलोबाट आएपछि फेसवासले मुख सफा गर्ने ।

४:बढी नै समस्या देखा परे हप्तामा एक चोटी स्क्रप लगाएर सफा गर्ने ।

५:सन्तुलित आहारको सेवन गर्ने ।

६:अरुले भनेको भरमा बजारमा पाइने जुन सुकै क्रिमको प्रयोग वा जथाभावी औषधि सेवन नगर्ने ।

७:यदि धेरै समस्या आयो भने चिकित्सकको सल्लाह बमोजिम आौषधि सेवन वा अन्य तरिका अपनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस