फेरी श्रीमानसँग रोमान्टिक मुद्रामा प्रियंका

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । परिवारमा नयाँ खुशीको प्रतिक्षामा छन् ।नायिका कार्कीले गतवर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक गरेपछि उनी हरेक दिनजसो नै सामाजिक संजालमा खुशी व्यक्त गरिरहेकी हुन्छिन् ।

कहिले साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर उनलाई खुशी दिन्छन् त कहिले पति तथा परिवारले । नायिका कार्कीले यो वर्ष आफ्ना लागि निकै नै खुशीको वर्ष रहेको र आफूहरुले खुशी साटिरहेको बताउने गरेकी छिन् ।प्रियंकाले आयुष्मानको साथले आफ्नो पेटमा एउटा यस्तो जीवन हुर्किरहेको उल्लेख गर्दै यसलाई प्रेम, खुशी, सन्तुष्टि र नयाँ सुरुवातका लागि तयार रहेको उल्लेख गरेकी छिन् ।

नायिका कार्कीले परिवारमा आउने नयाँ सदस्‍यलाई स्वागत गर्नका लागि आतुर रहेको बताएकी छिन् ।उनीले शेयर गरेको कन्टेन्टमा हजारौं नराम्रो टिप्पणी पनि नआउने हैन । तर उनी ती कुराहरुको कुनै वास्ता नगरी बिन्दास रूपमा उनी समय बिताइरहेकी छन् ।पछिल्लो समय उनी राखी बन्धनमा भाइहरुलाई राखी बाध्न मामा घर पनि पुग्छिन्,

आफ्नो युट्युव च्यानलको लागि अन्तर्वार्ता तयार गर्न पनि भ्याउँछिन् साथै उनी कमेडी क्लबमा उपस्थित हुन पनि पुग्छिन् । भने बिभिन्न रोमान्टिक तस्बिरहरूपनि शेयर गरिरहन्छिन् ।यसैक्रममा पछिल्लो पटक उनले श्रीमानसँग खिचेका तस्बिरले निकै चर्चा पाइका छन् । तस्बिरमा उनि निकै रोमान्टिक मुडमा देखिएकी छन् ।

नयाँ जीवनलाई धर्तीमा ल्याउँदै छु भनेर ‘पावरफूल’ फिल गराउँछ-मेरो गर्भमा रहेको बच्चाले यस धरतीमा पहिलो पाइला राख्दै छ । यो माटोमा प्रथमपटक टेक्ने उसको कोमल खुट्टाको कल्पना गरेर बस्छु ।उसको पाइला कहाँ पुग्ला, कस्तो मान्छे बन्ला, कसरी जिउँछ होला ! ऊ एउटी आमाको सन्तान मात्रै होइन, सपना पनि हो ।

प्रतिक्रिया दिनुहोस