आजबाट ऐतिहासिक रुपमा अन्तरीक्ष पर्यटन शुरुः अमेरीकाबाट चार जना उडे

आजबाट औपचारीक रुपमा पृथ्वीबाट अन्तरीक्षमा आम नागरिकले यात्रा गर्न सक्ने भएका छन् । यस अघिको विभिन्न परीक्षणपछि अमेरीकाका ब्यापारी एलन मस्कको कम्पनीले अन्तरीक्ष यात्री पठाएको हो ।

चार जना अन्तरीक्ष यात्री पृथ्वीबाट ५७५ किलो मिटर उचाईमा तीन दिन सम्म रहनेछन् । ती चार अन्तरीक्ष पर्यटकहरुमा ३८ बर्षे जेयर्ड ईसाकम्यान, २९ वर्षे हेयली आर्केनो ,५१ बर्षे शान प्रोक्टर, क्रिस सेम्ब्रोस्की रहेका छन् ।

हेयली हड्डीको क्यान्सर लागेर पनि बाँच्न सफल एक चिकित्सक हुन् ।
नासाको फ्लोरीडा स्थित स्पेस स्टेसनबाट उनीहरुलाई उडाईएको हो । नेपाली समय अनुसार आज बिहान ५ बजेर १७ मिनेटमा एसेसएक्सको यान अन्तरीक्षका लागि प्रस्थान गरेको छ ।
पृथ्वीबाटै एसेसएक्सले सो यानलाई नियन्त्रित गरीरहेको छ । २००९ पछि पहिलो पटक मानिस सबै भन्दा बढी उचाईमा पुग्न लागेको हो । त्यो समयमा वैज्ञानिक हबल टेलिस्कप मर्मतका लागि ५४१ मिटरको उचाईमा पुगेका थिए ।

यो अन्तरीक्ष पर्यटनको उदेश्य टेनेसीमा रहेको सेन्ट जुड चिल्ड्रन अस्पताललाई सहयोग जुटाउनु हो । २० करोड डलर जुटाउने लक्ष्य राखिएको बताईएको छ ।
अब आम मानिसले अन्तरीक्ष पर्यटनमा जान सक्ने यस अघि नै एलन मस्कले घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस