आज शुक्रबार पत्याउनै नसकिने गरि ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

असाेज १ गते । आज शुक्रबार पत्याउनै नसकिने गरि ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज असोज १ गते नेपाली बजारमा सुनचाँदी दुवै मूल्यमा तीब्र गिरावट आएको छ । महिनाको पहिलो कारोबारको दिन समेत रहेको आज शुक्रबार सुनको मूल्य ताेलामा १४०० रुपैयाँले अटेकाे छ ।

आज छापावाला सुन ताेलामा १४०० रुपैयाँले घट्दै प्रतिताेला ८९ हजार १०० रुपैयाँमा काराेबार भईरहेकाे छ । यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै घट्दै प्रतिताेला ८८ हजार ६५० रुपैयाँ कराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, यता चाँदीको मूल्य समेत आज तोलामा ३० रुपैयाँले घट्दै एक हजार १७० रुपैयाँमा काराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जबकी हिजाे बिहीबार चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस