यिनै हुन् जसले कान र नाकमा लगएको सुनको लोभले आफ्नै हजुरआमालाई मा’रे त्यसपछि…..

असोज । बझाङका एक युवकले आफ्नै हजुरआमाको ह’त्या ग’रे’को खबर सार्बजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङमा प्रहरीले आफ्नै हजुरआमाको ह’त्या आ’रोपीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । यस्तो आरोपमा विहीबार पक्राउ परेका दुर्गाथली गाँउपालिका–५ का २३ बर्षीय सुवास जप्रेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । कान र नाकको सुनको मुन्द्रा हात पार्न आफ्नै नातिले यस्तो कु-कर्म गरे ।

सुवास जप्रेलले भदौ २७ गते विहान ८-९ बजेको समयमा धा’रि’लो ह’ति’यार प्र’योग गरी ८५ बर्षीया आफ्नै हजुरआमा रिखीदेवी जप्रेलको ह’त्या ग’रेका थिए । एउटै घरमा बस्दै आएका सुवासले हजुरआमालाई मा’रेर आँगन नजिकै श’व गा’डे’को थिए त्यसपछि प्रहरीहरुको टोलिले खोजतलास गर्दा शब फेला पारेको थियो ।

सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लागएको १ थान सुनको मुन्द्रीको लोभले यस्तो गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । घटना २७ गते बिहान घटेको र दिउँसो उक्त गहन विक्री गरी फेरि बेलुकी ६/ ७ बजेको समयमा घटनास्थल पुगी भित्र भएको शवलाई तानेर घर आँगनकै अघिपट्टी खा’ल्डो ख’ने’र गा’ढे’को जप्रेलले स्वीकार गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको समेत डिएसपी खड्काले बताएका छन् ।

२७ गते घटना भएको भए पनि प्रहरीलाई भने खबर ३० गते मात्रै भएको थियो । वडा नम्बर–५ का वडाअध्यक्ष समेत रहेका रामबहादुर जप्रेलले आमा २७ गतेदेखि घरमा नदेखेपछि खोजी गर्नुभयो तर कतै पनि पत्तो पाइएन । कतै पनि पत्तो नपाएपछि उनले प्रहरीलाई खबर गरेका थिए । घरभित्र हेर्दा र’ग’तका छि’टा स’मे’त देखेपछि उनले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । त्यति बेलासम्म ह’त्याका आरोपित सुवास परिवारकै सम्पर्कमा थिए ।

सुवास २८ गते सदरमुकाम चैनपुरसम्म पुगेर केही कपडा खरिद गरी कपालमा रातो मेहन्दी समेत लगाए । सुवास २८ गते चैनपुरमै बसेर २९ गते गाउँतिर लागेको र उनी २९ गते हजुरआमा र आफू बस्ने घरमा नगएर अरुकै घरमा बसेका थिए । ३० गते बेलुका गाउँमा गाईंगुई हल्ला चलेपछि वडाअध्यक्ष समेत रहेका जप्रेलले प्रहरीलाई खबर गरेका थिए । खबर पाउने वित्तिकै जिल्लाबाट समेत प्रहरीको टोली घटनास्थलमा पुग्ने बारे जानकारी पाएपछि सुवास गाउँबाट ३१ गते बिहान फरार रहे ।

सुवासलाई भा’ग्दै गरेको अवस्थामा लौवादेब डाँडाबाट पक्राउ गर्न प्रहरीको टोली सफल भयोे । सुवासले साथीसँग हुजर आमालाई यस्तो गरेको बारेमा समेत कुराकानी गरेको स्रोतले जनाएको छ । प्रहरीले विस्तृप्त रुपमा अनुसन्धान गरी रहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस