यी हुन् डण्डिफोर च्वाटै निको पार्ने घरेलु उपाय, एक पटक प्रयोग गरेर त हेर्नुहोस्

काठमाडौँ । छालाको सेवासियस भनिने तेल ग्रन्थीमा व्याक्टेरियाको संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी डण्डिफोर निस्केको भन्छौँ। तेल ग्रन्थीले अनावश्यक रुपमा धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो । डण्डिफोर खासगरी अनुहार घाटी काँध तथा ढाडमा हुनेगर्छ।

डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन यद्धपी यसको आगमनले मानिसको आकर्षणमा चिसो पना पैदा गर्छ । अनुहारमा देखिने डण्डिफोले अनुहारको चमक नै हराइदिन्छ । त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन ।

डण्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरु पाइन्छ, तर हामी यसपटक यहाँलाई दैनिक जीवनमा प्रयोग भइरहेका बस्तुहरुको प्रयोगबाट डण्डिफोर हटाउने घरेलु उपायबारे जानकारी दिन्छौँ । ती उपायहरु यसप्रकार छन् ।

बरफ : बरफलाई कपडाले छोपेर डण्डिफोर भएको ठाँउमा केही सेकेण्ड राख्नुस अनि झिक्नुस । फेरी राख्नुस अनि फेरी झिक्नुस । यो प्रक्रिया केही समय दोहोर्याई रहनुस । यसो गर्दा डण्डिफोरमा देखिने रातोपना, फुलाई तथा दुखाई कम हुन्छ । त्यतिमात्रै होइन यो प्रक्रियाले संक्रमित छालामा रक्तसञ्चार राम्रो भई छालाको प्वालबाट फोहर तथा तेल बाहिर निकाल्न मद्धत समेत गर्छ ।

कागती : कागतीको प्रयोगले डण्डिफोरलाई सुकाउन मद्धत गर्छ । तर यसका लागि ताजा कागती चाहिन्छ । बोतलमा राखिएको कागतीको बासी रसले काम गर्दैन । किनकी बासी रसमा अरु पनि रसायन हुने भएकोले यसले थप उल्टो असर गर्न सक्छ । त्यसकारण तपाईँ ताजा कागती लिनुस राती सुत्नु अघि सफा कपडाले कागतीको रसमा डुबाएर डण्डिफोर भएको छालामा लगाउनुस र अर्को दिन विहान सफा पानीले छाला सफा गर्नुस । यसले तपाईँको अनुहारमा देखिएका डण्डिफोरहरु छिटो निको हुन मद्धत गर्छ ।

प्रतिक्रिया दिनुहोस