औषधीको गुणले भरिपुर्ण हुन्छ काजु !

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु एक प्रकारको मसला हो । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि हुन्छ । म्याग्नेसियम, कपर, आयरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइने हुदा यसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । काजु खानाले हड्डी तथा दाँतलाई मजबुत राख्नुका साथै मांशपेशीलाइै स्वस्थ बनाउन मद्दत गर्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।

काजुमा प्रशस्त मात्रामा प्राकृतिक एन्टी अक्सिडेन्ट हुन्छ जसको सेवनले शरीरमा ट्यूमर तथा क्यान्सर रोग लाग्नबाट बचाउँछ । काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खाने गर्नाले अनुहार चम्किलो बनाउनुका साथै हाम्रो दिमाग तेजिलो बनाउँछ ।

काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज र रक्तचाप नियन्त्रणमा आएर हाम्रो मुटुलाई स्वास्थ्य रख्दछ । काजुमा शरीरलाई चाहिने पोषक तत्व पाइन्छ जसको सेवनले शरीर स्वस्थ हुनुका साथै यसले दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्छ ।

महँगो ड्राइ फ्रुट हो काजु । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पुर्‍याउने खाद्य हो ।

थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

यी हुन् नियमित काजु खानुका फाइदा

– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।– गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।

– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ । – हड्डी मजबुत गराउँछ ।

– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।– अनुहारको छालामा चमक ल्याउँछ ।– कुनै साइड इफेक्ट गर्दैन ।– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।– थकान मेटाउन सहयोग पुर्‍याउँछ ।– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।

– शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ ।– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।– कोलेस्टेरोल घटाउन सहयोग पु-याउँछ ।– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।– तनाव घटाएर थकान हुनबाट बचाउँछ ।

काजूको बारेमा केही रोचक तथ्य :

– काजूको दाना हुन्छ, यो क्याशू एप्पलबाट निस्कन्छ र यसको रङ काँचोमा हरियो हुन्छ ।– काजू खेती सर्वप्रथम पूर्वी ब्राजिलमा गरिएको थियो । सर्वप्रथम १५५० को दशकमा पोर्चुगलले यसको निर्यात शुरु गरेको थियो ।

– काजू को उत्पादन विश्वभरि २०१५ मा ७३८८६१ टन थियो।– काजूूको रुख ठूलो र सदाबहार हुन्छ, यसको लम्बाई १४ मिटरसम्म लामो हुन्छ ।– काजूको रुखबाट निस्कने र्यालको प्रयोग विभिन्न औद्योगिक उत्पादनहरुमा प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस