दुधमा तुलसीको पात उमालेर पिउँदाको यस्ता छन् फाइदै फाइदा, सबैले जानी राखौं

एजेन्सी । अहिले मौसम परिवर्तनको समय छ । प्राय धेरै मानिसलाई रुघा लाग्‍ने र ज्वरो आउने गरेको हुन्छ । तर हामी मेडिकलबाट तुरुन्तै औषधि किन्छौ र सेवन गर्न थाल्छौ । यसले हाम्रो स्वास्थ्यमा ठूलै असर पार्न सक्छ।त्यसो गर्नुभन्दा बरु घरेलु उपाय अपनाउनु भयो भने तपाईको शरीर पनि सधै स्वस्थ र दीर्घायू हुने गर्दछ ।

तुलसी बहुगुणी वनस्पती हो । त्यही कारण हाम्रा पूर्खाहरुले यसलाई उच्च महत्व दिँदै आए र संरक्षण गर्नुपर्ने बताउँदै आए । धेरैजसोले तुलसीको औषधीय गुणलाई बुझेर नै घर अघिल्तिर आँगनमा तुलसी रोप्दै आए ।

तुलसीको पात निकै उपयोगी हुन्छ । सामान्य ज्वारो, रुघा आदिबाट बच्न मात्र होइन, यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । साथै तुलसीले वायु शुद्धीकरण गर्ने काम पनि गर्छ ।

अब कुरा गरौं दूधको । दूध पनि बहुगुणी पेय हो । यो जति स्वादिलो हुन्छ, उत्तिनै गुणकारी पनि । यसमा क्याल्सियम लगायत पोषक तत्व पाइन्छ । अब दूध र तुलसीलाई एकै ठाउँ मिश्रण गरिए के होला ?

कतिपय पदार्थ यस्ता हुन्छन्, जो आफैमा औषधि हुन्छ । तर, त्यसलाई अर्को पदार्थसँग मिश्रण गर्दा त्यो हानिकारक हुनसक्छ । विषाक्त हुनसक्छ । ठीक त्यसैगरी कतिपय पदार्थलाई आपसमा मिलाउँदा भने त्यसको औषधीय गुण अरु बढ्छ । जस्तो दूध र तुलसी ।

तुलसीको पातमा अनेक किसिमका औषधीय गुण हुन्छन् । यदि नियमित रुपले तुलसीको पात दूधमा उमालेर पिउने हो भने धेरै किसिमको रोगबाट मुक्त हुन सकिन्छ ।

त्यसो त अहिले धेरैजसो मान्छे कुनै न कुनै रोगले सताइएका छन् । कोही मधुमेहले ग्रस्त छन् त कोही हृदय रोगले । यसैगरी कोही क्यान्सरले ग्रस्त छन् । यीमध्ये धेरैजसो रोग हाम्रो खराब खानपान र जीवनशैलीले निम्त्याएको हो । अतः सही खानपान, सन्तुलित दिनचर्या अपनाउने हो भने हामी सम्भावित रोगबाट बच्न सक्छौं । यस्ता सम्भावित रोगबाट बच्नका लागि तुलसीको पात निकै उपयोगी हुन्छ ।

दम रोगमा फाइदा: यदि तपाईं श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक हुन्छ । नियमित रुपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ ।

माइग्रेनमा राहत: दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट पनि राहत मिल्छ । नियमित रुपले यस औषधि सेवन गर्दा समस्याको जड नै ठीक हुनसक्छ ।

तनाव वा डिप्रेसनमा: यदि तपाईंमा तनाव वा डिप्रेसनको समस्या छ भने पनि दूधमा तुलसीको पत्ता उमालेर सेवन गर्न सक्नुहुन्छ, जो निकै लाभदायक हुन्छ । तनाव एवं चिन्ता कम हुन्छ । डिप्रेसन रोगीका लागि पनि यो लाभदायक हुन्छ ।

हृदय रोगमा: दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।

पत्थरीको समस्यामा: यदि कुनै व्यक्तिलाई पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमापिउनुपर्छ । यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता: तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यतिमात्र होइन, यसमा क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल एवं एन्टिभाइरल गुण हुन्छ ।

प्रतिक्रिया दिनुहोस