अनुहारमा डण्डीफोर कारणहरु र उपचार ..

काठमाडौं । डण्डीफोर प्रायः जसो सबै मानिसमा आउँछ । डण्डीफोरले उमेर पुग्न लागेका युवा, युवतीलाई धेरै सताउने गर्दछ । नेपालमा डण्डीफोर देखा पर्यो भने बैंसको संकेत भनेर पनि भन्ने गरिएको छ । जब मानिसहरु युवा अवस्थामा प्रवेश गर्छन तब उनीहरुको अनुहारमा डण्डीफोर देखिन्छ ।डण्डीफोर धेरै नै आयो भने अनुहार कुरुप पनि बन्न सक्छ । यसको उपचार समयमा नै गर्नुपर्छ । डण्डीफोर आउनुका मुख्य कारणहरु निम्नानुसार रहेका छन्

युवा अवस्थामा हर्मोनको अधिकताले आउँछ । पेट खराब हुनु, रगतको खराबी हुँदा पनि डण्डीफोरको समस्या हुन्छ । छालमा फोहोर भएको कारण पनि हुन सक्छ । मुखमा विभिन्न प्रकारका क्रिम, मलम लगाउने गर्नाले पनि यसको समस्या हुन्छ । भिटामीन ए को कमि र चिल्लो पर्दाथ धेरै खानाले डण्डीफोर निम्त्याउन सक्छ । शारीरिक सम्पर्कको अधिक चाहाना हुनु, हातमैथुन गर्दा पनि समस्या हुन्छ । कामउक्तेजक साहित्यहरुको अध्ययन पनि डण्डीफोरको कारण बन्छ ।

कामउक्तेजक चलचित्रहरु हेर्नाले पनि समस्या हुन्छ । युवतीको हकमा मासिक धर्म खराबीले पनि महत्वपूर्ण भुमिका खेल्छ । पेय पर्दाथ धेरै सेवन गर्दा पनि समस्या हुन्छ ।डण्डीफोरको उपचार के हो ? सुत्नु अगाडि तातो पानीले मुख धुने अनि अनुहारमा पानीको तातो बाफ लिनुपर्दछ । बिहान सुर्योदय हुनुभन्दा पहिले नै घुम्न जाने गर्नुपर्छ । सुत्नुभन्दा पहिले अनुहारमा जैतुनको तेल अथवा जाइफललाई दुधमा घोटेर लगाउनुपर्छ । बिहानको समयमा शौच गर्नुपर्छ ।

कपालमा बोरिक लोशन लगाएर पाकेको फोकामा वरिपरि विस्तारै पुछ्दै खिल निकाल्नुपर्छ । डण्डीफोरलाई हातको औंलाले निर्चोने काम गर्नु हुँदैन । त्यस्तो गर्दा तपाईको अनुहार कुरुप पनि बन्न सक्छ । डण्डीफोर भएको बेला खानेकुरा यो–यो नै खानुपर्छ भन्ने हुँदैन ।

तर चिल्लो पर्दाथ धेरै मात्रामा खानु हुँदैन । रातीको समयमा धेरै बेरसम्म अनिदो बस्नु हुँदैन । यो आउँछ र आफैं हराएर जान्छ । डण्डीफोरका लागि बजारमा अनेक औषधि पाइन्छन, तर औषधि प्रयोग गर्ने काम राम्रो होईन् । जुनबेला पनि हात लगाउने, नपाकेकोलाई निर्चोने गर्नुहुँदैन । यसो गर्दा डण्डीफोर बिग्रेर अनुहार कुरुप बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस