काठमाडौ । नायीका प्रियंका कार्की आमा बनेकी छन् । उनले छोरीलाई जन्मदिएकी छन् । प्रियंकाले छोरीको जन्म हुनु अघि नै उनको नाम राखेकी थिइन् । सामाजिक सञ्जाल मार्फत छोरी जन्मिएको खबर सार्वजनिक गर्दै उनले छोरीको नाम आयाङ्का भनेर उल्लेख गरेकी छन् ।
प्रियंकाले बुधबार आफ्नो सामाजिक सञ्जालमा यसबारे जानकारी दिएकी हुन् । प्रियंकाको इन्स्टाग्राम अकाउन्टमा राखेको पोस्टमा प्रियंककी सासू तथा बैंकर रबिना देशराज श्रेष्ठले कमेन्ट गरेकी छिन् ।
उनले इन्ट्रामा नातिनीसंगको तस्बिर राख्दै यो खुसीको पल बयान गर्ने कुनै शब्द नभएको उल्लेख गरेकी छन् । साथै उनले आफ्ना छोरा आयुष्मान देशराजको पनि निकै प्रशंसा गरेकी छन् । बुहारी प्रियंकालाई शुभकामना दिँदै आफुलाई निकै गर्व लागेको बताएकी छन् ।
यस्तो संवेदनशील समयमा छोरा आयुष्मान देशराज श्रेष्ठ जोशीले जसरी स्थिति सम्हाले र प्रियंकाको हेरविचार गरे त्यसमा आफूलाई गर्व लागेको बताइन् । साथै, उनले दुबैलाई उपहारका लागि पनि धन्यवाद पनि दिएकी छिन् । उनले आफ्नी नातिनी आयाङ्कालाई सबैभन्दा उत्कृष्ट बच्चा बताएकी छिन् । यसका साथै, उनले प्रियंकाको पनि तारिफ गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘स्विटहार्ट, तिमी प्रत्येक कुरामा निपुण छौ । जसरी तिमीले उसलाई यो संसारमा ल्यायौं र जसरी तिमीले यतिबेला हरेक महिलाभित्र हुने शक्तिको प्रदर्शन गर्यौ त्यो प्रशंसनीय छ । ’