काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको भाउ स्थिर छ।शुक्रबार प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि तेजावी सुन यही मूल्यमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड-१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।
कोरोनाका कारण भएका लकडाउन पछिल्लो समय खुल्दै गएको र नेपालीहरुका महान पर्वहरु दशै, तीहारको रौनकसँगै सुन चाँदीको व्यापार पनि फट्टाउँदै गएको छ।