खुइलिएको तालुमा कपाल उमार्न चाहानुहुन्छ ? उसोभए अपनाउनुस, यी घरेलु उपाए।

काठमाडौँ । पहिला पहिला तालु खुईलिने समस्या बुढाबुढीमा मात्र देखिन्थ्यो तर हिजोआज किशोरकिशोरीमा पनि यस्तो समस्या देखिन थालेको छ।

खानपान र जीवनशैलीका कारण कपाल झर्ने समस्याका कारण महिला र पुरुष दुबै तालु खुईलिने समस्याको शिकार भएका छन्।

टाउकोमा कपाल कम हुँदा व्यक्ति उमेरमै बुढो देखिन थाल्छ । हिजोआज कैयौं वैज्ञानिक तरिका ट्रान्सप्लान्टेशन, स्टेम सेल, लेजर ट्रीटमेन्ट लगायतका उपाय आएका छन् जसले गंजापनको उपचार गर्न सकिन्छ । यी उपाय गर्नु सबैका लागि सुलभ नहुन सक्छ।

धेरै खोज र प्रयोगबाट पत्ता लागेका घरेलु उपाय हामी तपाईलाई बताउनेछौं जसको मद्दतले तपाईको खुईलिएको तालुमा कपाल उर्मिन थाल्नेछ । साथै कपाल झर्ने समस्या पनि रोक्नेछ ।

मासको दालको पेस्ट
मासको बोक्रा नभएको दाललाई उमालेर पिस्नुहोस् । रातमा सुत्नुपूर्व यस लेपलाई कपालको जरामा लगाउनुहोस् । कपडा खराब नहोस्, यसको लागि टाउकोमा तौलिया बाँध्नुहोस् । यस्तो केही दिनसम्म लगातार गर्दा कपाल फेरि उम्रिन थाल्छन् र गंजापन कम हुन्छ ।

हरियो धनियाँको पेस्ट
हरियो धनियाँको पेस्ट बनाएर कपाल झरेको ठाउँमा लगाउनुहोस् । यस्तो लगातार एक महिनासम्म गर्दा झरेको ठाउँमा कपाल फेरि आउन शुरु हुन्छ ।

केरा र कागती
एउटा केरामा कागतीको रस मिसाएर राम्रोसँग पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई टाउकोमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ । यस्तो गर्दा झरेको ठाउँमा कपाल उर्मन थाल्छ ।

प्याज पनि फाइदाजनक
ठूलो प्याज लिएर त्यसलाई दुई भागमा काट्नुहोस् । नुहाउनुपूर्व शिरको जुन हिस्सामा कपाल झरेको छ, त्यहीँ ठाउँमा आधा प्याजलाई ५ मिनेटसम्म रगड्नुहोस् । यस्तो लगातार केही दिन गर्दा कपाल झर्न बन्द हुन्छ साथै नयाँ कपाल उर्मन पनि थाल्छ

प्रतिक्रिया दिनुहोस