विश्वकै सबैभन्दा अग्ली दुलही बन्दै २० बर्षिय एलिसैन, दुलहा छन् होचा

काठमाडौं – धेरैले आफ्नो साइज मिलाएर विवाह गर्ने गर्छन् । बराबर साइज भएका केटाकेटीले विवाह गरेमा मिलेको जोडी भन्ने गरिन्छ । तर धेरैजसो केटाहरुले अग्ली र सुन्दर केटी विवाह गर्न चाहेका हुन्छन् ।

यस्तै ब्राजीलमा एक अनौठो जोडी छ । २० वर्षकी एलिसैनले आफु भन्दा होचासँग विवाह गर्दैछिन् । एलिसैनको उचाई हाइट ६ फुट ८ इन्च रहेको छ ।

२० वर्षकी एलिसैनी डा। क्रुज सिल्वाको आफुभन्दा होचो केटासँग विवाह हुँदैछ । विवाह गरेमा उनी अब विश्वकै सबैभन्दा अग्ली दुलही बन्ने छिन् । कंन्ट्रक्सनमा काम गर्ने फ्राकिनाल्डो र एलिसैनीबीच पहिलो भेटमै प्रेम भएको थियो ।

३ वर्षदेखि एक अर्कालाई चिन्ने भएकाले यीनीहरु एक वर्षदेखि लिव इनमा रहदै आएका छन् । एलिसैनीले फ्राकिनालडो जस्तो जीवन साथी पाउदा आफु भाग्यमानी रहेको बताएकी छिन् ।

अग्ली एलिसैनीको उचाई बढ्नुको कारण ट्युमर रहेको बताइएको छ । उनी पिट्युटरी ग्लान्डबाट पिडित छिन् । एलिसैनीको मोडलिंग गर्ने चहाना छ । तर धेरै हाइट भएकै कारण पुरा हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस