किन हुन्छ डिप्रेसन ? डिप्रेसन र उपचारबारे जान्नुहोस्

हाम्रो मन सधैँ एक एकनासको रहँदैन । कहिले खुसी हुने कहिले दिक्क लाग्ने । कहिले रमाइलो हुने त कहिले निराश हुने । यो कुरा सामान्य हो । आर्थिक नोक्सानी, आफन्तको मृत्यु, व्यापारमा घाटा, परीक्षामा असफलता आदि हुँदा मन सुखी हुनु स्वभाविक हो । कहिलेकाहीँ यत्तिकै पनि २/४ दिनसम्म नरमाइलो लाग्न सक्छ । बिस्तारै आफैँ हराएर जान्छ । तर, दिक्कदारीपनको अवस्थामा मन ज्यादै दुःखी हुन्छ, कुनै कुरामा रुचि हुँदैन ।

रमाइलो लाग्दैन, जीउ गल्छ, थकाई बढी लाग्छ, भोक र निद्रामा गडबडी हुन्छ, नकारात्मक बिचारहरु आउँछन्, आत्मबिश्वास घटदै जान्छ, पश्चाताप लाग्छ र मनमा छट्पटी भइराख्छ । यसरी निरन्तर २ हप्ता वा सोभन्दा बढी समयसम्म मन दुःखी, उदास, खिन्न, निराश, नरमाइलो हुनु दिक्कदारीपन हो ।

लक्षणहरू
– मन उदास(दुःखी/खिन्न हुने)– आफूले पहिले गर्दै आएका कामकाज गर्न जाँगर नलाग्ने,– पहिला रमाइलो लागिरहेका कुरामा मन रमाइलो नहुने वा रमाइलो गर्न मन नलाग्ने,–शरीरमा शक्ति नै छैन जस्तो अनुभव हुने, कामकाज नगरे तापनि शरीर तथा धेरै थकाईको महसुस हुने,– हातखुट्टा झम्झमाउने तथा सम्झने शक्ति कमी हुने,– कसैसँग कुरा गर्न, बोल्न, हाँस्न मन नलाग्ने,– आफ्नो जीवन बेकार, व्यर्थ, काम नलाग्ने जस्तो विचार आउने,

उपचार
– माथि भनिएजस्ता लक्षणहरू देखिएमा बिरामीलाई तुरुन्त मनोचिकित्सक वा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा तालिम प्राप्त स्वास्थ्यकर्मी समक्ष लैजानुपर्दछ ।
– डिप्रेसनको उपचारमा औषधी सँगसँगै मनोपरामर्शको पनि जरुरी हुन्छ ।
– मनोचिकित्सक वा तालिमप्राप्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार ५ महिनादेखि १ वर्षसम्म औषधि खानुपर्दछ

ध्यानदिनुपर्ने कुरा
– अत्याधिक महात्वकांक्षी नहुने– किशोर/किशोरीको पढाइमा, वयस्कले काम तथा जागीरमा, खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नु राम्रो हो । तर धेरै तनाव लिएर प्रतिस्पर्धा नगर्ने ।– आफूसँग नभएका चिजबिजभन्दा पनि आफूसँग भएका चिजबिज जस्तैः सिप, गुण, क्षमता, शिक्षा, सम्पत्ति आदिबारेमा नियालेर हेर्ने र सन्तोषको अनुभव गर्ने ।– खुसी हुँदा, हाँस्दा, कुनै कुरालाई सकारात्मक सोच्दा, खेल, मनोरञ्जन, शारीरिक व्यायाम गर्दा, मस्तिष्कमा राम्रो प्रभाव पार्छ, त्यसकारण यस्ता कुराहरुमा सहभागी हुने ।– आफूलाई दुःख दिने, नराम्रो गर्ने मानिसको बारेमा सम्झिराख्नुभन्दा सुख तथा सहयोग गर्ने व्यक्तिको बारेमा सम्झिनु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस