खुल्यो मध्य भोटेकोशी जलविद्युतको आइपीओ, १० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आजबाट निस्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो ।

कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आज १० बजेबाट उक्त कम्पनीको सेयरमा आवेदन दिन सकिने छ । यसको आवेदन दिने अन्तिम समय असोज २५ गतेसम्म रहेको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस