केपी ओलिको बारेमा ज्योतिषले गरे यस्तो राम्रो भविष्यावाणी, ओलि खुसिले गदगद

काठमाडौं – ज्योतिष बिहंगमराज तिमिल्सिनाले देशमा अहिले गणतन्त्रको विकल्प नभएको स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामात्रै नभएर सबै नेताले ज्योतिषशास्त्रलाई विश्वास गर्ने बताए ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि ज्योतिष शास्त्रमा विश्वास गर्ने दाबी गरे । उनले देउवापछि मुलुकमा फेरि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भविष्यवाणी गरे ।

उनले भने,‘अहिलेसम्म मैले गरेको भविष्यवाणी सबै भेरिफाईड भएका छन् । सबै पुष्टि भएका छन् । अब शेरबहादुर देउवापछि केपी ओली नै प्रधानमन्त्री हुनुहुन्छ । उहाँ योग्य र शक्तिशाली प्रधानमन्त्री बन्नुहुन्छ ।’

उनले देउवा चुनाव लडे पार्टीको सभापतिमा विजयी हुने दाबी गरे । माधव नेपालको भविष्य भने कमजोर रहेको उनको दाबी छ । त्यस्तै, उनले पूर्वराजा ज्ञानेन्द्र शाह तत्काल जनताले आईदिनुपर्यो भनेपनि शाह आउने अवस्था नरहेको जिकिर गरे ।

उनले नेपाल हिन्दूराष्ट्र बन्नुको विकल्प नभएको उल्लेख गर्दै भविष्यमा नेपाल हिन्दूराष्ट्र हुने पनि दाबी गरे । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री देउवाबीचको रसायन पनि मिल्ने जिकिर गरे ।

यस्तै नेकपा एमालेको लोगो वि’वा’दमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो ।

परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो छ । यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले का’नु’नी उपचार खोज्न सकिने बताउनुभयो ।

‘यसमा दावी वि’रो’ध गर्न सकिन्छ । हामी छलफल गरेर के गर्ने भन्ने निर्णय गर्छौ’, गुरुङले भने,‘समान्यतया अर्को पार्टीको चुनाव चिन्ह राख्न पाइँदैन । निर्वाचनसम्बन्धी कानुनले पनि त्यहीँ भन्छ ।’ नेता गुरुङले पार्टीले काननुविदहरुसँग छलफल गरेर अघि बढ्ने तयारी भइरहेको पनि बताउनुभयो ।

‘कानुनविद्हरुसँग परामर्शकै क्रममा छौ, परामर्शपछि के गर्ने भन्ने टुङ्गो लाग्छ’, गुरुङको भनाइ छ । तर एमालेका उपमहासचिव विष्णु पौडेलले माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नभएको भन्दै उहाँहरुको दावी नपुग्ने बताउनुभयो ।

‘पहिलो कुरा हँसिया हथौडा उहाँहरुको चुनाव चिन्ह भएपनि गोलाकारभित्रको हँसिया हथौडा त होइन । दोस्रो कुरा हँसिया हथौडा कम्युनिस्ट सबै पार्टीहरूको साझा झण्डा हो’, पौडेलले भने, ‘हाम्रो पनि त्यहीँ हो । त्यसैले उहाँहरुको दावी मिल्दैन ।’

एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो । तर पछिल्लो समय तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाले प्रयोगमा ल्याएको उक्त लोगोलाई थोरै परिवर्तन गरेर एमाले विधान महाधिवेशनले पारित गरेको हो ।

एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा हुँदा दुवै पार्टीका चुनाव चिन्ह मिलाएर त्यस्तो लोगो प्रयोगमा ल्याइएको थियो । तर अहिले भने एमालेले एकलौटी आफ्नो चुनाव चिन्ह समेत एमालेको लोगो बनाएपछि माओवादीका नेता कार्यकर्ता आ’क्रो’शित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस