फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार तोलामा ५ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले बढेको हो ।

बिहिबार प्रतितोला ९० हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य स्थिर रही तोलाको ११ सय ७० रुपैयामा कारोबार भइरहेको छ ।

यी ४ अवस्थामा घिउकुमारीबाट टाढै बस्न पर्छ नत्र जे पनि हुन सक्छ ! सबैले जानीराखौं

घिउकुमारी, स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति उपयोगी बनस्पती । चाहे पेट होस् वा अनुहारको दाग सफा गर्न नै घिउकुमारी उपयोगी मानिन्छ । त्यसो त कतिपय रोगमा समेत यसले औषधीको काम गर्छ । अक्सर हामीले सुन्दै आएका छौ, घिउकुमारीको फाइदा । तर, यसको बेफाइदा पनि छन् ।

१. औषधीको कम असर : यदि कुनै औषधी सेवन गरिरहनु भएको छ भने चिकित्सकको सल्लाह बिना घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने घिउकुमारीमा लेक्सेटिव नामक एक तत्व हुन्छ । यो तत्वले औषधीलाई शरीरमा अवशोषित हुनबाट रोक्छ । त्यसैले कुनै औषधी सेवन गरिरहनु भएको र घिउकुमारीको जुस पनि सेवन गरिरहनु भएको छ भने त्यस्तो अवस्थामा औषधी प्रभावहिन हुनसक्छ ।

२. पखला लाग्छ : यदि घिउकुमारी अधिक मात्रामा सेवन गरियो भने पखला लाग्छ । किनभने यसमा एन्थ्राक्विनोन र लेक्सेटिव जस्ता तत्व हुन्छ । यहि कारण घिउकुमारीको अधिक सेवनले पखला लाग्न सक्छ ।

३. पोटाशियमको स्तर कम हुन्छ : यदि तपाई घिउकुमारलाई गलत ढंगले प्रयोग गरिरहनुभएको छ भने त्यो हानिकारक हुनसक्छ । यसलाई गलत ढंगले सेवन गर्दा पोटेशियमको स्तर कम हुन्छ ।

४. गर्भपात हुनसक्छ : जो महिला गर्भवती छन् उनीहरुले घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने यसको अधिक सेवनले गर्भपात हुन सक्छ । यसा साथै गर्भको बच्चालाई पनि असर गर्नसक्छ । १२ बर्षभन्दा कम उमेरका बच्चालाई घिउकुमारी दिनुहुँदैन ।

यो पनि पढ्नुस : को’रोना भाइरसले फोक्सोमा असर पारेको छ कि छैन ? घरमै कसरी पत्ता लगाउने ? थाहा पाइराखौ !

को’रोना भाइरसको संक्रमण अहिले विश्वकै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । लगातार बढ्दै गएको संक्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइरसले विशेष गरेर स्वास्थलाई गहिरो रुपमा असर पुऱ्याइरहेको छ ।नेपालमा समेत संक्रमण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्पतालहरुमा बेड खाली नभएका समाचारहरु सार्वजनिक भैरहेका छन् भने अक्सीजनको अभावका कारण बिस्तारै मृत्युदर समेत बढ्न थालेको छ ।

संक्रमणका कारण मृत्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थानहरुमा संक्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकिरहेको छैन ।यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिसहरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशेषज्ञका अनुसार यस प्रकारको उपायबाट आफ्नो स्वास्थ्य र शरीरमा अक्सीजनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

के हो ६ मिनेटको परीक्षण प्रकृया ? विशेषज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिसहरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ ।परीक्षणको अभावमा धेरै मानिसहरुलाई संक्रमण भएको धेरै समयसम्म पनि थाहा हुँदैन र अचानक उनीहरुलाई समस्या भएको महसुस हुन शुरु हुन्छ ।त्यस्ता मानिसको घरमा नै अक्सीमीटरको उपयोग गर्दै शरीरमा अक्सीजन सेचुरेशनको परीक्षण गरिरहनु पर्छ ।

६ मिनेटमा गरिने कस्तो परीक्षण ? विशेषज्ञका अनुसार जुन मानिसलाई कोरोनाको लक्षण महसुस भइरहेको छ, उसको प्रारम्भिक रुपमा घरमा नै आफ्नो स्वास्थ परीक्षण गर्न सकिन्छ ।त्यसका लागि सबैभन्दा पहिला अक्सीमीटरको प्रयोगले सेचुरेशन हेर्नु पर्छ र त्यसपछि ६ मिनेटसम्म नरोकिकन सामान्य गतिमा हिंड्नु पर्छ ।६ मिनेटपछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति सावधान हुनु आवश्यक हुनु पर्छ ।

उदाहरणका लागि पहिलो परीक्षमा अक्सीमीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्षणमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ ।यसले फोक्सोको समस्या र शरीरमा अक्सीजनको कमीको संकेत दिएको हुन सक्छ ।त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्षण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।

कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ? डाक्टरका अनुसार जुन मानिसमा आस्थमा (दम) को समस्या छ, उसले यस्तो परिक्षण गर्नु हुँदैन । यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यस प्रकारको परीक्षण गर्न सक्छन् ।यस प्रकारको परीक्षणको माध्यमबाट अक्सीजनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्पतालमा भर्ना गर्न सहयोग पुग्छ ।

अक्सीजनको स्तर बढाउने उपाय: विशेषज्ञका अनुसार यदि कुनै विरामीलाई फोक्सोमा समस्या देखिएको छ र उसलाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपायलाई प्रयोगमा ल्याउन सकिन्छ ।त्यस्ता विरामीलाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ । यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीजनको स्तरमा सुधार हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस