जेन्सि – कसिलो कपडा लगाएको आ’रोपमा एक युवतीको ह त्या गरिएको छ ।ती २१ वर्षकी युवतीलाई कसिलो कपडा लगाएको र बाहिर हिँड्दा साथमा कोही पुरुष आफन्तको साथमा नहिँडेको भन्दै मा रि एको द सनमा प्रकाशित समाचारमा जनाइएको छ ।
अमेरिकी र नाटो सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा क ब्जा जमाउन प्रयासरत मुस्लिम अतिवादी समूह तालिबानले यी युवतीको यसरी ‘मृ त्युद ण्ड’को नाममा हत्या गरेको हो ।
तालिबानले आफ्नो नियन्त्रणसँगै अफगानिस्तानका ३ प्रान्तमा शरिया का नु न लागू गराइसकेको छ । तालिबानले अफगानिस्तानमा नियन्त्रण बढाउँदै जाँदा आफू नियन्त्रित क्षेत्रमा महिलाहरुलाई एक्लै घरबाहिर निस्किन प्र तिब न्ध लगाएका छन् ।
यी युवतीलाई तालिबान अतिवादीहरुले समर कान्दियान गाउँमा अगस्ट ३ मा नि यन्त्र णमा लिएका थिए । पुलिस प्रवक्ता आदिल शाह आदिलले रेडियो आजादीसँग कुरा गर्दै पीडित युवतीको नाम नजनीन भएको र उनी २१ वर्षकी भएको बताए ।
यी युवती घरबाट निस्किएर बल्ख प्रान्तको राजधानी मजार ए शरिफ जानको लागि गाडीमा चढ्न लाग्दा आ क्रम णमा परेकी थिइन् । तर, तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने यो आ क्र मण आफ्नो समूहले नगरेको दावी गरे ।
१९९६ देखि २००१ सम्म अफगानिस्तानमा आफ्नो नियन्त्रण रहेका बेला तालिबानले छोरीहरुलाई स्कुल पढ्न र महिलाहरुलाई घरबाहिर काम गर्न प्र तिब न्ध लगाएका थिए ।