श्रीमतीले स्कुटी किन्दा, श्रीमानलाई पर्यो मोटरसाइकल उपहार ..

धरानः धरानको नवदुर्गा अटो प्यालेसमा एक महिलाले स्कुटी किन्दा बाइक पनि हात पारेकी छिन् ।धरान–८ ट्राफिक प्रहरी कार्यालयसँगै रहेको अटो प्यालेसमा उनले सुजुकीको एक्सेस स्कुटर खरिद गरेकी थिइन् । सो स्कुटर खरिद गर्दा उनले लक्की ड्र कुपनमार्फत् मोटरसाइकल उपहार पाएकी हुन् । धरान–७ की पूजा ताम्राकारले सुजुकी ब्राण्डको स्कुटी खरिद गरेकी थिइन् । उनले उपहार पाएपछि श्रीमान निश्चल पलिखेलाई लिएर सो मोटरसाइकल लिएर फर्किएकी छिन् ।

अटो प्यालेसका प्रोप्राइटर दुर्गा भुजेलले २ लाख ६३ हजार ९ सय रुपैयाँको स्कुटर खरिद गर्दा उनले ३ लाख २९ हजार ९ सयको इन्टुडर मोटरसाइकल उपहार पाएको जानकारी दिए । यो मोटरसाइकल १५० सिसीको भएको र सुजुकीको उत्कृष्ट उत्पादनमा पर्नेमध्येको एक हो ।

‘दशैं आयो, उमङग छायो’ अफर अन्तर्गत लक्की ड्र कुपनमार्फत् उनले मोटरसाइकल उपहार पाएकी हुन् । प्यालेसका सञ्चालक भुजेलले नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरिद गरेका ग्राहकहरुमध्ये लक्की ड्र कुपनमार्फत् हरेक १५ दिनमा एकजना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने बताए ।

त्यसैअन्तर्गत शुक्रबार गरिएको लक्की ड्रमा स्कुटर खरिद गरेकी उनले मोटरसाइकल उपहार पाएकी थिइन् । उनले मोटरसाइकल समेत जित्दा हर्षित बनेको प्रतिक्रिया दिइन् । कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेलगायत अन्य पत्रकारहरुले पनि बधाई दिँदै चाबी हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस