मोरङको जहदामा भेटियाे अनाैठाे टाउकाे भएकाे बालक

मोरङ / मोरङको जहदा गाउँपालिका ३ बनर खोखिया टोलमा एकजना बालकमा हात्तीको टाउको जस्तो डल्लो छ । १३ वर्षिय सुरज राजवंशीको टाउकोमा पलाएको त्यस डल्लोको आर्थिक अभावका कारण परिवारले उपचार गर्न सकिरहेका छैनन् ।

महेन्द्र आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत सुरज पढाइ, चित्रकला र मादल बजाउनमा अब्बल छन् । अहिलेसम्म सुरजको टाउकामाथिको भागमा रहेको पाँचवटा डल्लोको वारेमा कसैले चासो नदिएकै कारण डल्लो बढ्दै गएको हो ।

सुरजको परिवारमा बुवा अवधनाराण्ण राजवंशी बाबा जुट मिलमा मजदुरी गर्छन् भने आमा ईटाभट्टामा । सुरजको हजुरबुवा विगत ७–८ वर्षदेखि प्यारालाईसिस भएर घरमै बसेका छन् भने हजुरआमा उनकै स्याहारसुसारमा दिन बिताउँछे । सुरजको एकजना दिदी पनि छन् ।

आमा लहसनियादेवी राजबंशीका अनुसार सुरज जन्मिएदेखि नै टाउकोमा पाँचवटा डल्लो देखिएको थियो । डाक्टरलाई देखाउँदा सवै ठीकै छ भनेपछि अरु कही उपचारको लागि नलगेको उनले बताइन् । ‘जसको परिणाम सुरज संगसंगै टाउकाको डल्लो पनि बढिरहेको छ ’ उनले भनिन् , ‘छोरालाई केही समस्या त देखिएको छैन तर समाजले छोरालाई पाँच टाउके, हात्ती टाउके भनेर हैरान पारेका छन् ।’

राजवंशी परिवारको आर्थिक अवस्था कमजोर छ । छोरालाई पनि कुनै समस्या नभएकाले उपचारको लागि कही नलगेको लहसनियादेवीले बताइन् । ‘छोराको उमेरसंगै टाउकाको डल्लो बढेकोले उपचारको लागि लान्छु तर त्यसको लागि सहयोगी हातहरु भए मात्र मेरो छोराको उपचार सम्भव छ ’ उनले सहयोगको याचना गर्दै भनिन् ।

प्रतिक्रिया दिनुहोस