नेपालमा नै भयो १४ दिनको नवजात शिशुको यस्ताे ‘जटिल शल्यक्रिया’

काठमाडौ । नेपाली चिकित्सकहरुको अब्बलता दिनप्रतिदिन देखिदै आएको छ । पैसा भएकाहरु नेपाली चिकित्सकलाई विश्वास नगरेर विदेशी भूमिमा पुग्छन् तर विदेशमा समेत हुन नसकेका जटिल शल्यक्रियाहरु नेपालमा भइरहेका छन् ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकहरुले यस्तै प्रकृतीको जटिल शल्यक्रिया गर्न सफल हुनुभएको छ । १४ दिनको नवजात शिशुको ‘दुर्लभ’ शल्यक्रिया गरिएको अस्पताल र पारिवारीक श्रोतले जनाएको छ ।
नवजात शिशुमा देखिने जटिल एवम् दुर्लभ मानिने ‘कनजेनिटल डायफ्रामाटिक हर्निया’को शल्यक्रिया गरिएको सो अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार सिनामंगल गैरीगाउँका सरस्वती तामाङबाट जन्मिएको बच्चामा जन्मजात हर्निया देखिएको थियो।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

चिकित्सकहरूका अनुसार बच्चाको पेट र छातीको बीचमा हुने ‘डायफ्राम’ मांसपेशीमा प्वाल थियो। उहाँहरूका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण पेटभित्र रहनुपर्ने कलेजो, आन्द्रा, आमासय र फियो छातीमा पुगेको थियो। अंगहरु छिन्नभिन्न थिए ।

प्रतिक्रिया दिनुहोस