श्रीमान् पि’साब फेर्न गएका बेला संगीताले यस्ताे गर्लिन् भन्ने कसैले सोचेका पनि थिएनन्

धनुषाको सबैला नगरपालिका १० सिमराढी बस्ने जीतन शर्माकी २२ वर्षीया श्रीमती संगीता ठाकुर ठेढ महिनादेखि बेपत्ता भएकी हुन् । संगीताकी बुबा कुशे ठाकुरका अनुसार गएको साउन २० गते संगीता कानको उपचार गराउन श्रीमानसंगै लहान पुर फर्किने क्रममा धनुषाकोविरेन्द्र बजारमै बस स्टेन्डमा साँझको ५ बजे ओर्लेकी थिइन् ।संगीताले भोलि पुनः उपचार गराउन लहान जानुपर्ने भन्दै विरेन्द्र बजारमै रहेको आफ्नी दिदीको घरमा बस्न श्रीमानसंग जिद्दी गर्दा समान्य विवाद भएको थियो ।

सोहि क्रममा श्रीमानले संगीतालाई दुई झा’*पड हि’र्का’*एका थिए । विवाद पश्चात श्रीमान् जीतन पि’सा*व फेर्न गएका थिए । फर्किदा संगीता त्यहाँ थिइनन् । उनको मोबाइल सोहि बेलादेखि अफ छ । खोजविन गर्दागर्दै डेढ महिना हुँदा

समेत अहिलेसम्म संगीता अझै फेला नपरेको बुबा कुशेको भनाइ छ । संगीताको माइत सिरहाको सिरहा नगरपालिका खयरटोका माडर टोलमा छ ।प्रहरीमा समेत खोजविनको लागि निवेदन दिएको संगीताको परिवारजनले जानकारी दिए ।

धनुषा र सिरहाको विभिन्न ठाउँमा खोजविन गरेपनि अहिलेसम्म फेला नपरेको परिवारजनले बताएको छ । यधपी केहि दिन अघि धनुषाकै पर्वतामै कसैले संगीतालाई देखेको र सोहि क्षेत्रमा हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस