भाग्य चम्काउने १३ माङ्गलिक वस्तु के के हुन् जान्नुहोस्

भनिन्छ, कर्मभन्दा ठूलो कुनै धर्म हुँदैन, तर हिन्दु धर्ममा कर्मका साथ–सार्थ धर्मको पनि खास महत्व हुन्छ । त्यस्तै, हिन्दुधर्ममा मांगलिक प्रतीकहरुको आफ्नौ महत्व हुन्छ । यस्ता प्रतिक, वस्तुहरु राख्नाले कुनै पनि काममा अवरोध आउँदैन भन्ने विश्वास गरिन्छ।

ओम :- सर्वोपरि मंगल प्रतीक – यो सम्पूर्ण ब्रह्माण्डको प्रतिक हो । अ,उ,म तीन शब्दबाट बनेको ओमको अर्थ हुन्छ उपनिषद् । यसमा ब्रह्मा, विष्णु र महेशको प्रतीक तथा यो भूः लोक, भूवः लोक र स्वर्ग लोकको पनि प्रतिक हो । तामा, पीतल तथा अष्टधातुको ओम घरमा राख्ने गरिन्छ ।

स्वास्तिक :- स्वास्तिकलाई शक्ति, सौभाग्य, समृद्धि र मंगलको प्रतिक मानिन्छ । यो मंगल प्रतीक गणेशको उपासना, धन, वैभव र ऐश्वर्यकी देवी लक्ष्मीको पूजामा विशेष स्थान छ । यसको चारै दिशाहरुको अधिपति देवताहरु, अग्नि, इन्द्र, वरुण एवम् सोमको पूजा हेतु एवप्ं सप्तऋषिहरुको आशीर्वाद प्राप्त गर्नका लागि प्रयोग गरिन्छ ।

कलश :- कलश सुख र समृद्धिको प्रतीक मानिन्छ । एक कास्य वा तामाको कलशमा पानी भरेर त्यसमा आपको केही पात राखेर त्यसको मुखमा नरिवाल राख्नुपर्छ ।

शंख – शंख समुन्द्र मन्थनको समयमा प्राप्त भएका १४ अनमोल रत्नहरु मध्ये एक हो । लक्ष्मी माताको साथमा उत्पन्न भएका कारण यसलाई लक्ष्मी भ्राता पनि भनिन्छ । यही कारण, जसको घरमा शंख हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ । शंख बजाउनाले स्वास्थ्यमा पनि लाभ मिल्छ । घरको वातावरण शुद्ध हुन्छ ।

दियो – सुन्दर वा कल्याणकारी, आरोग्य वा सम्पदा दिने दियो समृद्धिका साथै अग्नि र उज्यालोको प्रतिक हो । परम्परागत दियो माटोको हुन्छ, जसमा पाच तत्व माटो, आकाश, जल, अग्नि र वायु हुन्छ । हिन्दु अनुष्ठानमा पञ्चतत्वको उपस्थिति अनुवार्य हुन्छ।

पञ्चसुलक – यो फिजिएको हातको छाप हो, जसमा पाँच तत्वको प्रतीक हो । हामीसँग जे–जति छ त्यो र हाम्रो शरीर पाँच तत्वले बनेको हुन्छ । यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । जैन धर्ममा यसको निकै नै महत्व हुन्छ । हिन्दुहरुले भने जन्म र विवहको अवसरमा हातको छाप लगाउँछन् । मुख्य पवेशद्धारमा पञ्चसुलकको छाप लगाइएमा समृद्धि, सुख र शुभता ल्याउने विश्वास गरिन्छ ।

गरुड घन्टी – जुन ठाउँमा घन्टी बजेको नियमित आवाज सुनिन्छ, त्यहा वातावरण सधै सफा र पवित्र बन्ने मान्यता राखिन्छ । यसले नकारात्मक शक्तिलाई भगाउँछ । नकारात्मक शक्ति भाग्नु भनेको समृद्धिको ढोका खुल्नु हो ।

बाँसुरी – भगवान कृष्णको अतिप्रिय बाँसुरी घरमा राख्नाले परिवारका सदस्यबीच प्रेम रहिरहने र सुख– समृद्धि पनि रहिरहने हुन्छ । बाँसुरीलाई उन्नति र प्रगतिको सूचक बताइएको छ । लक्ष्मीको प्रतिक कौडी – पहेलो रंगको कौडी लक्ष्मीको प्रतिक हो ।

मंगल सुत्र – यो मंगल सुत्र एक विवाहित नारीले पतिको कुशलताकासँग जोडिएको मंगल कामनाको प्रतीक हो ।चम्किलो शालिग्राम – शिवलिंग जस्तै शालिग्रामको पनि धेरै चामत्कारिक लाभ छन् । शालिग्रामलाई भगवान विष्णुको प्रतीक मानिन्छ ।

मयुरको प्वाख – जसको घरमा मयुरको प्वाख राखिएको हुन्छ, त्यो घरमा कहिले पनि भूत – प्रेतले हानी–नोक्सानी नगर्ने विश्वास गरिन्छ । भरमा १ देखि ३ वटासम्म मयुर प्वाख राख्नु राम्रो मानिन्छ । माला – रुद्राक्ष, चन्दन, तुलसी को माला घरमा राख्नुहोस् ।

यसैगरी ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलको रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकोलागि पहिलो गन्तब्य बनिने गरेको छ । चारैतिर हराभरा र उकाली ओराली बिच पहाड तथा हिमाली भेगको फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर । यो मन्दि यात्रा गर्न जो कोहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनोरम पर्यटकिय स्थलको अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन अझै पनि सहज सकेको छैन ।

परापूर्वकालमा त्यहाका गोठालाहरूले पाथिभरा मन्दिर परिषरमा आफ्नो भेडिगोठ बनाउने गर्थे एक दिन अचानक रातको समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएको र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । देविले दिएको निर्देशन अनुसार बलियो भेडालार्इ बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताको तस्तै त्यहि ठाउमा देखिएपछि देविको साच्चै उत्पती रहेको किमदन्ती रहदै आएको छ ।

त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ । सोहि किम्वदन्ति अनुसार अहिले पनि देविकै नाममा सयौको संख्यामा भेडाहरूको बलि दिने चलन रहेको छ ।

पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ । तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । किम्वदन्तीलार्इ नमानी शंकाको घेरामा राख्ने हो भने देवीको नाममा चढाइएको बलि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रगतको पोखरी जम्नुपथ्र्यो तर त्यसो देखिदैन ।

यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ । पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भोग चढाउँछन् ।

पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ । त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ ।

प्रतिक्रिया दिनुहोस