जम्मु कश्मीर को होकरशर सिमसारको सरसफाइ गरिँदै , आप्रवासी पंक्षीहरुका लागि वासस्थान बनाइने 

संसारको स्वर्ग भनेर चिनिने जम्मु कश्मीर को श्रीनगर सहर नजिकै रहेको होकरशर सिमसार एउटा अत्यन्त मनमोहक स्थान मा पर्दछ ।

जम्मु कश्मीर को सरकारले होकरशर सिमसारबाट ठोस फोहोरहरू सफा गर्ने र उक्त सिमसारलाई आप्रवासी पंक्षीहरुका लागि वासस्थान बनाइने भएको हो ।

यस विशेष अभियान जम्मु कश्मीर को डिपार्टमेन्ट अफ वाइल्डलाईफ प्रोटेक्शन, वेटल्याण्ड डिभिजन र श्रीनगर म्यूनीसीपल काउन्सिलको एैक्यवद्धतामा भएको हो ।

रेन्ज अफिसर सुहैल युसुफ काजीका अनुसार नगरपालिकासङको सहकार्यमा भएको यस अभियानको मुख्य उदेश्य चाँही सिमसारबाट ठोस फोहोर हटाउनु नै हो ।

सिमसारको छेउछाउमा बसोबास गर्ने मान्छेहरूले सिमसारमा फोहोर नफालुन्, सामुदायिक तवर वाट नै सिमसारको रक्षा होस् र सिमसार पुन स्वच्छ होस् भनेर हरेक १० दिनको अन्तरालमा सिमसारको सरसफाइ गरिनेछ । यस्का साथै उक्त सिमसारलाई प्लाष्टिक रहित क्षेत्र बनाएर आप्रवासी चराहरू बस्न योग्य बनाइने बताइएको छ ।

वाइल्ड लाइफ डिपार्टमेन्टका कर्मचारी गुलाम नावी बाबाका अनुसार सिमसारहरू पृथ्वीका मिर्गौला हुन र यिनलाई सरसफाइ गरिन जरुरी छ ।
साइबेरिया लगायत अन्य थुप्रै देशहरूबाट आप्रवासन गरेर आउने चराहरूलाई यस सिमसारले अब बास प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस