श्रीलङ्कन पदाधिकारीका साथमा भारतीय प्रधानमन्त्री मोदीले गरे कुशीनगर विमानस्थलको उद्घाटन

उच्च पदस्थ श्रीलङ्कन डेलीगेटको उपस्थितिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुश नगर बिमानस्थल उद्घाटन गरेका छन् । यस विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले विश्व समुदायले भगवान् बुद्धप्रति गरेको सम्मानको यो एउटा उदाहरण रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले विश्वभरिका बौद्ध धर्ममावलम्बीका लागि भारत एउटा आस्थाको केन्द्र रहेको बताउँदै भगवान् बुद्धको बुद्धत्व प्राप्तिको साक्षी रहेको कुश नगर भगवान् बुद्धको महापरिनिरवानाको समेत साक्षी रहेको बताएका हुन् । आज यस कुश नगर अब यस बिमानस्थलद्धारा विश्वसङ प्रत्यक्ष जोडिनेछ भनेर प्रधानमन्त्री मोदीले हर्ष व्यक्त गरेका छन् । भारतले भगवान् बुद्धसँग सम्बन्धीत तिर्थस्थललाई विशेष विकास गर्दै तिर्थालुमैत्री बनाउने समेत प्रधानमन्त्रीले बताएका छन् ।

यसै अवसरमा उक्त विमानस्थलमा अवतरण गरेको श् श्रीलङ्कन जहाज र त्यसमा सवार डेलीगेशन समूहलाई पनि प्रधानमन्त्री मोदीले स्वागत गरेका थिए । उक्त डेलीगेशनमा श्रीलङ्काका क्याबिनेट मन्त्री नवाल राजापाक्ष, प्रधानमन्त्री महेन्द्र राजापाक्षका पुत्र र वर्तमान युवा तथा खेलकुद मन्त्री सवार थिए ।

प्रतिक्रिया दिनुहोस