एथेन्समा बेइजिगं ओलम्पिक्स विरुद्ध प्रदर्शन गर्नेहरू पक्राउ

एथेन्समा बेजिगं ओलम्पिक्स विरुद्ध प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ । उनीहरूलाई बेइजिगंओलम्पिक्स विरुद्धको ब्यानर टाँस्ने क्रममा एक्रोपोलीक्सवाट पक्राउ गरिएको हो ।
बेइजिगं ओलम्पीक फ्रेम बाल्ने पूर्वसध्याँमा यो प्रदर्शन भएको थियो ।

प्राचीन ओलम्पीयावाट बेइजिगंमा लगिएको आगोले उक्त फ्रेम बालिने छ । आगामी वर्षको फेब्रुअरी ४ वाट बेइजिगंमा ओलम्पिक्स सुरु हुँदै छ । ग्रिस प्रहरीका अनुसार एक पुरुष र दुई महिलाहरूलाई पक्राउ गरिएको हो, उनीहरूलाई संरक्षित प्राचीन सम्पदामा कानुन विपरीत प्रदर्शन गरिएको आरोपमा पक्राउ गरिएको हो ।

आगामी सोमबार बिहान भन्दा अगाडि ती मानिसहरूलाई न्यायालयमा उपस्थित गराइने ग्रिक प्रहरीले जनाएको छ । अमेरिकामा आधारित अभियानकर्ताहरू स्टुडेन्ट फर अ फ्री तिब्बतका सदस्य विद्यार्थीहरू पक्राउ परेका हुन् । ११८ वर्षीय सेला जोसागं र हंगकंगवाट देश निकाला गरिएकी अभियानकर्ता २२ वर्षीय जोय सिउ पक्राउ परेकी हुन् ।

उनीहरूलाई ग्रिसको प्राचीन स्थलहरूमा फ्री हंगकंग रिभुल्यूशनको ब्यानर र तिब्बतको झन्डा टाँसेको अनि चीन विरुद्ध नारा लगाएको आरोप छ । प्रहरी उनीहरूलाई पक्राउ गर्न पुग्दासम्म उनीहरू चीन विरुद्ध अनि बेइजिगं गेम रोक्न पर्ने नारा लगाइरहेका थिए ।

अर्को बेलायतमा रहेको हंगकंग वाच नामक संस्थाले ग्रिस सरकारलाई चीनको नेतृत्वको दबाब सामना गर्न सुझाव समेत दिएको छ । ग्रिसमा ठुलो आर्थिक मन्दीका क्रममा चीनले ग्रिसमा व्यापक लगानी गरेको पाइन्छ, यस कारणले पनि ग्रिस नेतृत्वले चीनको समर्थन गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस