फोहोरको डब्बामा खाना खोज्दै अफगान महिला

बीबीसी । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले तत्काल अत्यावश्यक कदम नचाले दसौँ लाख अफगान नागरिकले यो हिउँदमा भोकम’रीको सामना गर्नुपर्ने चे’तावनी दिएको छ ।

आधा भन्दा धेरै जनसंख्या झण्डै दुई करोड २८ लाख मानिसहरू तीव्र खाद्य असुरक्षाको सामना गर्ने र पाँच वर्ष भन्दा मूनिका ३२ लाख बालबालिकाहरू तीव्र कुपोषणबाट ग्रसित हुन सक्ने डब्ल्यूएफपीले बताएको छ । “अफगानिस्तान अहिले विश्वका सबैभन्दा खराब मा’नवीय सं’कटमा परेको छ,” डब्ल्यूएफपीका कार्यकारी निर्देशक डेभिड बीज्लीले भने, “हामी विपत्तिको काउन्टडाउनमा छौँ ।”

अमेरिकाले आफनो फौ’ज फिर्ता गरेपछि गएको अगस्टमा ता’लिबानको अफगानिस्तानलाई आफ्नो हातमा लिएको थियो । विदेशी सहयोगमा निर्भर अफगानिस्तानको पहिलेदेखि नै नाजुक रहेको अर्थतन्त्र ता’लिबानले कब्जा गरेपछि झनै कमजोर बन्यो ।विश्व बैंककाअनुसार कुल ग्राहस्थ उत्पादन (जीडीपी)को १० प्रतिशत भन्दा बढी विदेशी सहयोगबाट आउने मुलुकलाई सहायता–निर्भर राष्ट्रको रूपमा लिइन्छ ।

अफगानिस्तानको सन्दर्भमा जीडीपीको ४० प्रतिशत वैदेशिक सहायता थियो ।धेरै अफगान नागरिकले खानका लागि आफ्नो सम्पत्ति बेच्दैछन् । नयाँ तालिबान प्रशासनको विदेशमा भएको सम्पत्ति रोक्का गरिएको छ । यसको अर्थ सरकारी कर्मचारी र अन्य कामदारको ज्याला/तलब रोकिएको छ ।

“मैले तलब नपाएको पाँच महिनाभन्दा बढी भइसक्यो,” हेरातका एक शिक्षकले भने, “जीवन क’ठिन छ । मैले हाम्रो घरमा जे छ त्यही बेचिरहेको छु । हामीले हाम्रो पशुचौपायहरू, रूख काटेर दाउरा बेचिरहेका छौँ ।”“यहाँ मानिसहरू घरबारविहीन भएका छन्,” कान्दाहारका एक पुरुषले भने, “हिजो मैले एक महिलाले स्थानीय होटेलको फोहोर राख्ने ड’ब्बाबाट बचेखुचेका खाना संकलन गरिरहेको देखेँ ।

मैले उनलाई किन त्यसो गरिरहेको भनी सोध्दा उनले आफूसँग अन्य स’माधान नभएको बताइन्, उनले आफ्नो बालबच्चाको लागि खाना खोजिरहेकी थिइन् ।”डब्ल्यूएफपीले वैदेशिक सहायतामा निर्भर अफगान नागरिकलाई जाडोले झनै ख’तरा उत्पन्न गराउन सक्ने चे’तावनी दिएको छ ।

र पहिलो पटक अफगानिस्तानको सहरी क्षेत्रका मानिसहरू पनि ग्रामीण क्षेत्रका मानिसहरूकै दरमा खाद्य असुरक्षाबाट ग्रसित भएका उसले बताएको छ ।जाडोले अफगानिस्तानको ठूलो भागलाई छुट्याउनुअघि नै सहायता वितरण गर्न कुशलतापूर्वक र प्रभावकारी रूपमा अत्यावश्यक काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका निर्देशक क्यु डोङयुले बताए ।

गएको सेप्टेम्बरमा केवल पाँच प्रतिशत अफगान परिवारसँग मात्रै दैनिक खानका लागि पर्याप्त खाना रहेको चेतावनी दिएको थियो । खाने तेल र गहुँ लगायतका आधारभूत सामग्रीहरूको मूल्य आकाशिएको छ । अक्टोबरमा संगठनले तत्काल जीवनरक्षक उपचारको अभावमा १० लाख बालबालिकाको ग’म्भीर कूपोषणबाट ज्यान जाने जोखिम रहेको चे’तावनी दिएको थियो ।

डब्ल्यूएफपीले सोमबार दिएको जानकारी अनुसार संयुक्त राष्ट्रसंघको मानवीय सहायता कार्यक्रमसँग एक तिहाइ कोष मात्र बाँकी छ । अहिले भइरहेको वित्तीय प्रतिबद्धताहरूलाई ‘समुन्द्रको एक थोपा’ भन्दै यो काम गर्न प्रतिमहिना झण्डै २२० मिलियन डलर लाग्ने संगठनले बताएको छ ।अफगानिस्तानको खाद्यान्न सं’कटलाई पानीको अभाव र चार वर्षमा दुईपटक भएको अत्यन्तै ख’राब खडेरीले झनै बढाएको छ ।

प्रतिक्रिया दिनुहोस