सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको स्थिर

काठमाडौं-साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

यो पनि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले वार्षिक साधारणसभा मंसिर १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित राज भवनमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल ५.७९ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५.५ प्रतिशत बोनस सेयर र बाँकी ०.२९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। सोही सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका दस्तावेज छलफल गरी अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस